अब यी २५ सेवामा हड्ताल गर्न नपाइने,राजपत्रमा निस्कियो सूचना

अबदेखि दुई दर्जन बढी अत्यावश्यक सेवामा हडताल गर्न नपाइने भएको छ । सरकारले विभिन्न २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरेको हो । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर विभिन्न २५ वटा अत्यावश्यक सेवामा हड्ताल निषेध गरेको हो ।

बिज्ञापन

नेपाल सरकारले अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ को अधिकार प्रयोग गरी २५ वटा महत्त्वपूर्ण सेवामा हडताल गर्न निषेध गरेको हो ।
जस अनुसार,
· डाँक, तार वा टेलिफोन सेवा

बिज्ञापन

· जल, स्थल वा हवाई मार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने यातायात सेवा

· हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा

बिज्ञापन

· हवाई ग्राउन्ड, रेल्वे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा

· प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवा

· हातहतियार खरखजाना वा अरू कुनै सैनिक सामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा

· सञ्चार सेवा

· आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा

· खानेपानीको सञ्चालन तथा वितरण सेवा

· पर्यटन आवास, मोटेल, होटेल, रेस्टुराँ र रिसोर्ट सम्बन्धी सेवा

· पेट्रोलियम पदार्थ (एलपी ग्याँस समेत) को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा

· अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा ९एम्बुलेन्स सेवा जस्ता सेवाहरू०

· औषधि निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा

· फोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा

· बैङ्किङ सेवा

· बिमा सेवा

· विद्युत् सेवा

· दैनिक उपभोग्य वस्तुहरू ९खाद्यान्न, दाल, चामल, नुन, तेल० को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा

· मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा

· मास्क सम्बन्धी सेवा

· ह्याण्ड सेनिटाइजर सम्बन्धी सेवा

· भेटेरिनरी सेवा

· कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा

· राहदानी विभागबाट प्रदान हुने सेवा

· इन्टरनेट सेवा

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष