शहरी विकास मन्त्रालयमा ठूलो हेरफेर : रविन्द्र बोहरा भवन निर्माण विभागको महानिर्देशक

काठमाडौं । शहरी विकास मन्त्रालयले सहसचिवस्तरमा व्यापक सरुवा गरेको छ। प्रशासनिक चुस्ती र काम गर्ने वातावरण सुदृढ बनाउने उद्देश्यसहित गरिएको हेरफेरअन्तर्गत भवन निर्माण विभागमा सहसचिव रविन्द्र बोहरालाई महानिर्देशक नियुक्त गरिएको छ।

बिज्ञापन

त्यसअघि सो विभागका महानिर्देशक रहेका मचाकाजी महर्जनलाई अधिकार सम्पन्न बागमती सभ्यता एकाइमा पठाइएको छ। विभागका उप–महानिर्देशक प्रकृण तुलाधरलाई काठमाडौं उपत्यका विकास प्राधिकरणमा जिम्मेवारी दिइएको छ भने त्यहाँ कार्यरत लिला खतिवडालाई विभागमा सरुवा गरिएको छ।

बिज्ञापन

त्यस्तै, मन्त्रालयका सहसचिव रोशन श्रेष्ठलाई भवन प्रविधि शाखा, र सहसचिव एकराज आचार्यलाई भौतिक योजना तथा समन्वय शाखा सम्हाल्ने जिम्मेवारी तोकिएको छ।

मन्त्री कुलमान घिसिङका अनुसार यो निर्णयले मन्त्रालयभित्र पारदर्शिता र कार्यक्षमता बढाउने विश्वास गरिएको छ। उनका निकट स्रोतका भनाइअनुसार विभाग र मन्त्रालयबीच देखिएको समन्वय कमजोरी र केही ‘निष्क्रिय टिम’का कारण यस्तो सरुवा आवश्यक भएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

महालक्ष्मी नगरपालिकामा प्रशासनिक कायापलट : अमित ढुङ्गाना आएपछि सेवा प्रवाहदेखि डिजिटल शासनसम्म परिवर्तन

समाचारबारे खण्डन : तथ्यहीन आरोपबाट भ्रम फैलाइएको भन्दै योजना प्रमुख पन्तको आपत्ति

बिशेष