पथलैया । भन्सारमा बुझाउनुपर्ने चाेरीको सवारीसाधन ट्राफिक प्रमुखकै ‘व्यक्तिगत गाडी’ बनेको छ ।
पथलैयामा कार्यरत ट्राफिक प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले चाेरीको स्कारपियो गाडी पक्राउ गरी कानुनी प्रक्रिया पूरा नगरी व्यक्तिगत रूपमा प्रयोग गरिरहेको खुलासा भएको छ ।
बिज्ञापन
प्रचलित कानुन अनुसार प्रहरीले बरामद गरेको चाेरीको सवारी भन्सारमा बुझाई, त्यसपछि लिलामी प्रक्रियाबाट राज्यको कोषमा राजस्व जानु पर्ने व्यवस्था छ । तर सिलवालले सो प्रक्रिया बेवास्ता गर्दै आफ्नै प्रयोगमा गाडी चलाएको पाइएको हो ।
बिज्ञापन
कानुन पालन गर्नुपर्ने प्रहरी अधिकारीले नै कानुन उल्लंघन गरेको घटनाले प्रहरी संगठनभित्रको आचरण र जवाफदेहितामाथि प्रश्न उठाएको छ ।स्थानीयवासीले भने, “जो कानून लागू गर्छ, ऊ नै कानून तोड्छ भने जनताले भरोसा कसरी गर्ने?” भन्ने प्रश्न उठाएका छन् ।


























