सिंहदरबारबाट लुटिएको प्रिन्टर बागबजारको कन्सल्टेन्सीमा फेला

काठमाडौँ — जेन–जी आन्दोलनका क्रममा सिंहदरबारबाट लुटिएको सामग्री बागबजारस्थित एक कन्सल्टेन्सीमा फेला परेको छ। प्रहरीले छापा मारेर सरल शिक्षा एकेडेमी नामक कन्सल्टेन्सीबाट एउटा प्रिन्टर बरामद गरेको छ।

बिज्ञापन

प्रहरी वृत सिंहदरबारबाट खटिएको टोलीले शुक्रबार दिउँसो एकेडेमीमा छापा मारेको थियो। प्रहरीले घटनास्थलमै प्रिन्टरको मुचुल्का उठाएर बरामद गरेको जनाएको छ।

बिज्ञापन

एकेडेमीकी सञ्चालक उषा भट्ट रहेको खुलेको छ, तर प्रहरीले उनलाई पक्राउ गरेको छैन। प्रहरी स्रोतका अनुसार एकेडेमीका केही कर्मचारीहरूले जेन–जी आन्दोलनका बेला सिंहदरबारभित्रबाट सामग्री चोरी गरी ल्याएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

वृत्त प्रमुख डिएसपी जनार्दन घिमिरेका अनुसार सो कन्सल्टेन्सीले यसअघि पनि एउटा प्रिन्टर प्रहरीलाई फिर्ता गरिसकेको थियो। “अहिले पनि त्यस्तै सूचना प्राप्त भएकाले थप सामग्रीको सत्यता बुझ्ने काम भइरहेको छ,” उनले भने।

बिज्ञापन

प्रहरीले यस घटनालाई जेन–जी आन्दोलनपछिका ‘सिंहदरबार लुटपाट प्रकरण’सँग जोडेर अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपाल ट्रष्टका पूर्वसहसचिव लेखबहादुर कार्की पक्राउ

सिंहदरबारबाट लुटिएको प्रिन्टर बागबजारको कन्सल्टेन्सीमा फेला

प्रभु बैंकमा सिआइबीको सात घण्टा छापा, सीईओ शेरचन भागे

करोडौंको व्यापार छोडेर मान्छे र पशुपन्छीको सेवामा रमाइरहेका दुर्गानाथ

पूर्वमन्त्री आफताव आलमको मृत्यु

कर्मचारी सरुवामा विचौलिया हावी,आर्थिक चलखेलका आधारमा कार्यालय प्रमुख बनाइएको उपसचिवकै दावी

९ उपसचिव र ३९ जना शाखा अधिकृतको सरुवा

अनियमित टेन्डर रोक्दा सचिवको निशानामा परे महानिर्देशक बाराकोटी, दिनुपर्यो राजीनामा

बिशेष