भक्तपुर अस्पतालको खण्डन : ‘स्पेक लक र सप्लायर्ससँगको मिलेमतो समाचारमा कुनै सत्यता छैन’

कर्मचारी प्रेस डटकम अनलाइनमा प्रकाशित समाचार प्रति भक्तपुर अस्पतालले आपत्ति जनाएको छ । ०८२ साल कात्तिक १४ गते शुक्रबार “स्पेक लकको सिण्डिकेट”: स्वास्थ्य सचिव डा. सुमित्रामाथि करोडौको भ्रष्टाचार आरोपसहित अख्तियारमा उजुरी शिर्षकको समाचारप्रति भक्तपुर अस्पतालले आफ्नो गम्भीर ध्यानाकर्षण रहेको जनाउँदै समाचारप्रति आपत्ति जनाएको हो ।

बिज्ञापन

भक्तपुर अस्पतालकी तत्कालिन मेसु तथा हाल वागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम भक्तपुर अस्पतालमा कार्यरत रहदाँ सप्लायर्ससंग मिलेमतोमा भ्रष्टाचार गरिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको दावी गरेका छन् अस्पतालका कर्मचारी समेत रहेका खण्डन प्रेषक दिपेश खड्काले ।

बिज्ञापन

अख्तियारमा परेको उजुरीलाई हवाला दिँदै प्रकाशित उक्त समाचारमा उल्लेख भएजस्तो स्वास्थ्य उपकरण तथा मेशिन खरिदमा ‘स्पेश लक’ गरिएको बिषय झूठो रहेको खण्डनमा जनाइएको छ । स्वास्थ्य सेवा विभागमा अहिलेसम्म सरुवा नै नभएको व्यक्तिलाई विभागमा बिशेषज्ञको रुपमा रहेर ३० करोडको मेशिन खरिदमा १० करोडको भ्रष्टाचार भनिएको बिषयलाई समेत खण्डन गरिएको छ ।

यस्तै,सिन्धुली अस्पतालमा रहदाँ अस्पतालको झूटो सूचकांक बनाएर उच्च अंक हासिल गरिएको बिषयमा सूचकांक बनाएर मूल्यांकन गरि अंक प्रदान गर्ने निकाय केन्द्रीय सरकारको मातहतको निकायको रहने र अस्पतालको कुनै भूमिका नरहने भन्दै सो समाचार चरित्रहत्या गर्ने मनशायले प्रकाशित गरिएको भनिएको छ ।

बिज्ञापन

आजको दिनसम्म सबै ठाउँमा काम गर्दा उत्कृष्ट काम गरेको विशेषज्ञहरुको मूल्यांकनबाटै विभिन्न मान पदवी एवं पुरस्कार पाएको वास्तविकता बिभिन्न राष्ट्रियस्तरका सञ्चार माध्यममा प्रकाशित भएको जानकारी हुँदाहुदै त्यसलाई छोप्ने गरि गलत समाचारबाट भ्रम फैलाई चरित्र हत्या गरिएको भन्दै आपत्ति जनाइएको छ ।

अख्तियार अनुसन्धान आयोग वा अरु कुनै आयोगबाट भ्रष्टाचारको छानबिन हुँदा पूर्ण रुपमा सहयोग गर्ने र कुनै पनि आपत्ति नरहने जनाउँदै प्रेषित खण्डमा भनिएको छ,देश र विरामीलाई हानी हुने गरि कुनै काम नगरेको र काम गर्ने दौरानमा कुनै त्रुटी भएमा सजाय भोग्न सधै तयार रहेको समेत जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष