डा. विलोक मिश्रको असामयिक निधन

जनकपुरधाम, मंसिर २२ — जनकपुरधामका युवा चिकित्सक डा. विलोक मिश्रको असामयिक निधन भएको छ। ३४ वर्षीय मिश्रको सोमबार राति जनकपुरधाम–४ सरस्वतीनगरस्थित आफ्नै निवासको बाथरुममा लडेर टाउकोमा गम्भीर चोट लागेपछि उपचारकै क्रममा ज्यान गएको हो।

बिज्ञापन

 

बिज्ञापन

घटनापछि उनलाई तत्काल जनकपुरधामकै अस्पतालमा लगिएको थियो। तर स्वास्थ्य अवस्था जटिल भएपछि मंगलबार थप उपचारका लागि काठमाडौँको नर्भिक अस्पताल स्थानान्तरण गरिएको थियो। नर्भिकमा उपचार भइरहेको बेला उनको निधन भएको परिवारका स्रोतले जनाएको छ।

 

बिज्ञापन

डा. मिश्र केही महिनाअघि मात्र जनकपुरधामको बसहिआ रोडमा सञ्चालनमा आएको सुविधा सम्पन्न सोनासती अस्पतालमा कार्यरत थिए। सोही अस्पतालका सञ्चालक अनिल मिश्राका कान्छा छोरा समेत रहेका उनी जनकपुरको चिकित्सा क्षेत्रमा उदाउँदो चिकित्सकका रूपमा परिचित थिए।

 

उनको असामयिक निधनले जनकपुरका चिकित्सक समुदाय र स्थानीयवासी शोकमा डुबेका छन्। सहकर्मीहरूले उनी मेहनती, सेवाभावी र जिम्मेवार चिकित्सकको रूपमा परिचित रहेको स्मरण गरेका छन्।

 

स्थानीय चिकित्सक संघले उनको योगदानको कदर गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ। अन्त्येष्टि सम्बन्धी कार्यक्रमबारे पारिवारिक स्रोतले पछि जानकारी दिने जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सूर्यविनायकमै कर सेवा विस्तार: अब प्यानदेखि भ्याटसम्म नगरपालिकाबाटै सुविधा

नासुदेखि पूर्व प्रधानमन्त्रीसम्मको सम्पत्ति छानबिन हुँदै

सरुवामा असन्तुष्टि: बुढीगंगाका प्रमुख प्रशासकीय अधिकृतले दिए राजीनामा

बर्खाअघि नै भत्किएका सडक : जुम्लामा डिभिजन कार्यालय मौन, ठेकेदार हावी

खरिदार,नासु,शाखा अधिकृत,उपसचिवसहित ६९ कर्मचारीको सरुवा

अध्यादेशको हलचल : कानुनी परामर्शमा राष्ट्रपति

अब कर्मचारीको बढुवा कार्य मूल्यांकन सूचकका आधारमा हुने

घरमै राहदानी: बैतडीमा घरदैलो सेवा सुरु, सेवाग्राहीलाई ठूलो राहत

बिशेष