स्वास्थ्य मन्त्रालयमा सेटिङ साम्राज्य भत्कियो: रायमाझी हटाइए, इमानदार पण्डित जोखिमपूर्ण कुर्सीमा

स्वास्थ्य क्षेत्रमा पछिल्लो समय बढ्दै गएको आर्थिक अनियमितता र नीतिगत भ्रष्टाचारबारे संचार माध्यममा समाचार प्रकाशन भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही प्रमुख पदमा सरुवा तथा जिम्मेवारी फेरबदल गरेको छ। मन्त्रालय स्रोतका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै स्वास्थ्य सेवासम्बन्धी ठूला मुद्दा दायर गरेपछि संवेदनशील निकायहरूमा पुनर्संरचना गरिएको हो।

बिज्ञापन

 

बिज्ञापन

मन्त्रालयले स्वास्थ्य व्यवस्थापन महाशाखाका निर्देशक पवनजंग रायमाझीलाई पदमुक्त गरी अन्यत्र सार्ने निर्णय गरेको छ। रायमाझी माथि सेटिङ मिलाएर काम गर्ने, ठेक्कापट्टा र खरिद प्रक्रियामा व्यवसायीहरूसँग मिलेमतो गरेको, साथै भेरी अस्पताल, नेपालगञ्जमा औषधि र फर्निचर खरिदमा अनियमितता गरेको आरोप लागेको छ।

 

बिज्ञापन

फार्मेसी शाखाका प्रमुख पदम अर्याल, फार्मेसी सुपरभाइजर अभिनाष गुप्ता र दिनेश नेपालीसहितको समूहले “सेटिङ मिलाएर अस्पतालको करोडौं रकम हिनामिना गरेको” दाबी गर्दै अख्तियारमा उजुरी समेत दायर भएको थियो। स्रोतका अनुसार, रायमाझीले ती कर्मचारीहरूलाई संरक्षण दिएको आरोप पनि लागेको छ।

 

मन्त्रालयले नयाँ व्यवस्थापनअनुसार परिवार कल्याण महाशाखाको नेतृत्व डा. मदनकुमार उपाध्यायलाई, व्यवस्थापन महाशाखाको जिम्मेवारी केशवराज पण्डितलाई, उपचारात्मक महाशाखाको नेतृत्व डा. पवनजंग रायमाझीलाई र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको निर्देशकमा डा. राधिका थपलियालाई तोकेको छ।

 

विगतमा व्यवस्थापन महाशाखा “खरिदबिक्री हुने पद” भनेर विवादमा पर्ने गरेको भए पनि यसपटक सो पदमा इमानदार छवि भएका पण्डितलाई पठाइएपछि मन्त्रालयभित्र चासो बढेको छ।

 

अख्तियारले कार्तिक २ गते स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. श्रवणकुमार थापासहित १४ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको पृष्ठभूमिमा यो फेरबदल गरिएको हो।

अख्तियारले स्वास्थ्य क्षेत्रमा निगरानी कडा पार्दै अनुसन्धान तीव्र बनाएको बेला पण्डितलाई त्यस महाशाखामा पठाइनु “साहसी निर्णय” का रूपमा हेरिएको छ।

स्रोतहरूका अनुसार, स्वास्थ्य मन्त्रालयले आगामी दिनमा अरू केही महाशाखा र मातहतका निकायमा पनि ‘क्लिन–अप नीति’ अपनाउने तयारी गरेको छ।

स्वास्थ्य क्षेत्रमा फैलिँदै गएको “सेटिङ संस्कृति” अन्त्य गर्न मन्त्रालय नेतृत्वले दृढता देखाउने कि पुनः पुरानै शैली दोहोरिने भन्ने प्रश्न अहिले मन्त्रालयभित्र चर्चाको मुख्य विषय बनेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बजारमा मालवस्तुकाे एमआरपी र बिलबिजक : अवसर र चुनौती

कर्मचारीको मनोबल बढ्दै छ कि गिर्दै ?

सचिवज्यू यस्तै हुन्छ सुशासन ?

ट्रेड युनियन नेतामाथि सरकारको कडाइ : उपत्यकाबाहिर सरुवाको तयारी

सहसचिवको दोहोरो मापदण्ड : सुशासन कागजमै सीमित

प्रधानान्यायधीशको लाइनबाट तीन रिङ आउट

पाँच सचिव अख्तियारको फन्दामा

सर्वाेच्च अदालतमा तोडियो ब्रेक, चौथौं बरियताका शर्मा प्रधानन्यायाधीशमा सिफारिस

बिशेष