“स्पेक लकको सिन्डिकेट” : स्वास्थ्य सचिव डा. सुमित्रामाथि करोडौंको भ्रष्टाचार आरोपसहित अख्तियारमा उजुरी

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गम्भीर आर्थिक अनियमितता र नीतिगत भ्रष्टाचारको आरोप लगाइएको छ।

बिज्ञापन

स्वास्थ्य व्यवसायी संघका तर्फबाट माधव पौडेलले दर्ता गरेको उजुरीमा डा. गौतमले भक्तपुर अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु)का रूपमा कार्यरत रहँदा सप्लायर्ससँग मिलेमतो गरी करोडौं रुपैयाँको भ्रष्टाचार गरेको उल्लेख छ।

बिज्ञापन

उजुरीका अनुसार, उनले अस्पतालका लागि खरिद गरिएका ल्याब उपकरण र सिटी स्क्यान (CT Scan) मेसिन खरिदमा “स्पेक लक” अर्थात् ठेक्का प्रक्रिया आफ्नो अनुकूल बनाइदिने खालको प्राविधिक मापदण्ड तयार पारेर प्रतिस्पर्धा निष्प्रभावी पारिन्। यसरी आफ्ना निकट व्यवसायीलाई मात्र काम दिने गरी गरिएको खरिदले राज्यलाई ठूलो आर्थिक घाटा पुर्‍याएको दाबी गरिएको छ।

 

बिज्ञापन

उजुरीमा भनिएको छ— “ल्याब र सिटी स्क्यान मेसिन खरिदमा स्पेक आफैँले निर्धारण गरी मनपरी व्यवसायीलाई ठेक्का दिइएको छ। उनी कार्यरत रहँदा भएका सबै उपकरण तथा औषधि खरिदमा अनियमितता भएको शंका गम्भीर छ, त्यसको छानबिन होस्।”

त्यति मात्र होइन, डा. गौतमले स्वास्थ्य सेवा विभागमा विशेषज्ञका रूपमा रहँदा पनि ३० करोड रुपैयाँको मेसिन खरिदमा १० करोड रुपैयाँ बराबरको भ्रष्टाचार गरेको दाबी उजुरीमा समावेश छ। अल्ट्रासाउन्ड मेसिन खरिदमा समेत ठूलो रकम दुरुपयोग भएको र त्यससम्बन्धी समाचारहरू विभिन्न अनलाइन माध्यममा प्रकाशित भएको उजुरीमा उल्लेख गरिएको छ।

उनी कार्यरत रहँदा सिन्धुली अस्पतालले झूटा सूचकांक बनाएर उच्च अंक हासिल गरेको दाबी पनि उजुरीमा छ। “डा. गौतमले सिन्धुली अस्पतालले प्रदेशकै उत्कृष्ट सेवा दिएको भनी ९७ अंक ल्याएको भ्रामक समाचार बनाइन्। तर उनी सरुवा भएपछि अर्को आर्थिक वर्षमा अस्पतालको अंक घटेर ५७ मात्र रह्यो, जसले उनको नीतिगत हस्तक्षेप पुष्टि गर्छ,” उजुरीमा भनिएको छ।

उजुरीमा डा. गौतमको सम्पूर्ण सम्पत्ति स्रोतसहित छानबिन गर्न र नीतिगत भ्रष्टाचारका लागि कानुनी कारबाही गर्न माग गरिएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी दर्ता भइसकेको र आवश्यक कागजात संकलनको प्रारम्भिक प्रक्रिया अघि बढाइएको बताइएको छ।

यो पनि पढ्नुहोस्।

सचिव बनेको तीन महिना पछि श्रीमतीलाई नर्सिङ प्रशिक्षकमा ठाडो नियुक्ति

११ करोडको आइरन चक्की घोटाला: स्वास्थ्य सचिवमाथि गम्भीर आरोप

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रदेश लोकसेवाले माग्यो सहायकस्तर चौथो तहमा ५ सय ३३ कर्मचारी

राष्ट्रिय सभामा आज विधेयक केन्द्रित एजेन्डा, सामाजिक सञ्जाल र पर्यटन विधेयकमाथि छलफल

स्वास्थ्य दुई कर्मचारी ११ औं तहमा बढुवा सिफारिस

विश्व भूराजनीति र आन्तरिक राष्ट्रवादको चुनौती

विदेशमा रहेका व्यक्ति र फेल व्यक्तिलाई लाइसेन्स, तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

निष्पक्ष निर्वाचनका लागि पूर्वीय मूल्यहरूको योगदान

रेशम चौधरी चुनाव लड्न नपाउने

तत्कालीन महानिर्देशकलाई प्रमाण बुझ्न आदेश,फुँयाल साधरण तारेखमा रिहा

बिशेष