विचौलियालाई समाएर घुस्याहा कर्मचारीलाई उन्मुक्ति दिने तयारी

अहिले प्रधानमन्त्री सुशीला कार्कीको मातहत छ राहदानी विभाग । सो विभागका महानिर्देशकको कुर्सीमा छन् तीर्थराज अर्याल । उनै तीर्थको राज चलिरहेको राहदानी विभागमा विचौलियाहरुद्धारा सेवाग्राहीसँग राहदानी बनाउँदा सिधै घुस डिल भएको बिषय बाहिरिएपछि दुई विचौलिया पक्राउ परेका छन् । ती विचौलियालाइ पक्रिएर यो नेक्ससमा जोडिएका कर्मचारीलाई चोख्याउने चलखेल चल्दैछ,त्यहाँ ।

बिज्ञापन

कर्मचारीहरुको संरक्षण र ग्रीन सिग्नल विना विचौलियाहरुले खुलेआम घुस डिल गर्न सक्दैनन् । यसरी खुलेआम घुसको डिल गर्ने दुई विचौलियालाई आज दुई जनालाई पक्राउ गरिएको छ । राहदानी विभाग परिसरबाट सेवाग्राहीहरूलाई गलत प्रलोभनमा पारी रकम असुल गरेको सूचनाको आधारमा बिहीबार दुई जनालाई पक्राउ गरिएको छ ।

बिज्ञापन

विभागका अनुसार विभागको सिष्टम र कर्मचारीलाई आफ्नो नियन्त्रणमा लिएर अवैध धन्दा चलाइरहेका सुनिल नेपाली र बुद्धि नारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। सेवाग्राहीहरूसँग विभिन्न बहानामा रकम असुल गर्दै आएको सूचनाको आधारमा उनीहरूलाई विभाग परिसरबाटै पक्राउ गरी थप अनुसन्धानका लागि कालिमाटी प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

सेवाग्राहीसँग मोटो रकम असुल्दै तुरुन्तै पासपोर्ट बनाएर उपलब्ध गराउँदै आएका थिए उनीहरुले । कार्यालय प्रमुखलाई रकम बुझाएको खण्डमा पासपोर्ट आजै बन्छ भन्दै सेवाग्राहीबाट ठूलो रकम असुल्दै आएका थिए। सेवाग्राहीहरुलाई २७ हजार रुपैंया लिएर एकै दिनमा पासपोर्ट बनाइदिने उनीहरुका लागि विभागको सिष्टम सदैव खुला हुँदै आएको थियो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

खरिदारदेखि उपसचिव तहका ७५ कर्मचारीको सरुवा

कार्यालय सहयोगीको तलब ३५ हजार,मुख्य सचिवको १ लाख २१ लाख हजार कायम गर्न प्रस्ताव

बिशेष