विचौलियालाई समाएर घुस्याहा कर्मचारीलाई उन्मुक्ति दिने तयारी

अहिले प्रधानमन्त्री सुशीला कार्कीको मातहत छ राहदानी विभाग । सो विभागका महानिर्देशकको कुर्सीमा छन् तीर्थराज अर्याल । उनै तीर्थको राज चलिरहेको राहदानी विभागमा विचौलियाहरुद्धारा सेवाग्राहीसँग राहदानी बनाउँदा सिधै घुस डिल भएको बिषय बाहिरिएपछि दुई विचौलिया पक्राउ परेका छन् । ती विचौलियालाइ पक्रिएर यो नेक्ससमा जोडिएका कर्मचारीलाई चोख्याउने चलखेल चल्दैछ,त्यहाँ ।

बिज्ञापन

कर्मचारीहरुको संरक्षण र ग्रीन सिग्नल विना विचौलियाहरुले खुलेआम घुस डिल गर्न सक्दैनन् । यसरी खुलेआम घुसको डिल गर्ने दुई विचौलियालाई आज दुई जनालाई पक्राउ गरिएको छ । राहदानी विभाग परिसरबाट सेवाग्राहीहरूलाई गलत प्रलोभनमा पारी रकम असुल गरेको सूचनाको आधारमा बिहीबार दुई जनालाई पक्राउ गरिएको छ ।

बिज्ञापन

विभागका अनुसार विभागको सिष्टम र कर्मचारीलाई आफ्नो नियन्त्रणमा लिएर अवैध धन्दा चलाइरहेका सुनिल नेपाली र बुद्धि नारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। सेवाग्राहीहरूसँग विभिन्न बहानामा रकम असुल गर्दै आएको सूचनाको आधारमा उनीहरूलाई विभाग परिसरबाटै पक्राउ गरी थप अनुसन्धानका लागि कालिमाटी प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

सेवाग्राहीसँग मोटो रकम असुल्दै तुरुन्तै पासपोर्ट बनाएर उपलब्ध गराउँदै आएका थिए उनीहरुले । कार्यालय प्रमुखलाई रकम बुझाएको खण्डमा पासपोर्ट आजै बन्छ भन्दै सेवाग्राहीबाट ठूलो रकम असुल्दै आएका थिए। सेवाग्राहीहरुलाई २७ हजार रुपैंया लिएर एकै दिनमा पासपोर्ट बनाइदिने उनीहरुका लागि विभागको सिष्टम सदैव खुला हुँदै आएको थियो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विचौलियालाई समाएर घुस्याहा कर्मचारीलाई उन्मुक्ति दिने तयारी

खरिदार र नायब सुव्वा तहका कर्मचारीहरुको सरुवा

एक लाख घुससहित रंगेहात पक्राउ परेका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन् सचिव बैठकका निर्णयहरु

निर्वाचन आयोगले माग्यो ७ अर्ब ८१ करोड,अर्थले निकासा गर्ने भयो ५ अर्ब मात्र

अन्नपूर्ण बेसक्याम्पमा बाक्लो हिमपात, १ सय ८२ जना पर्यटकको उद्धार

निजामती प्रवेश : जुम्ला पहिलो,मनाङ शून्य,यस्तो छ ७७ वटै जिल्लाको पोजिसन

सचिव बनेको तीन महिना पछि श्रीमतीलाई नर्सिङ प्रशिक्षकमा ठाडो नियुक्ति

बिशेष