पर्यटन विभागको महानिर्देशकमा रामकृष्ण लामिछाने

काठमाडौं । पर्यटन विभागले नयाँ नेतृत्व पाएको छ। पर्यटन मन्त्रालयका सह–सचिव तथा प्रवक्ता रामकृष्ण लामिछाने विभागको महानिर्देशकमा नियुक्त भएका छन्। प्रधानमन्त्रीसमेत रहेकी पर्यटन मन्त्री सुशीला कार्कीले मन्त्रीस्तरीय निर्णयमार्फत लामिछानेलाई विभागको नेतृत्व दिने निर्णय गरेकी हुन्।

बिज्ञापन

 

बिज्ञापन

२०७९ साल चैतमा आन्तरिक प्रतिस्पर्धाबाट सह–सचिव बनेका कास्कीका लामिछानेले यसअघि वै कार्यालय ताहचलको प्रमुख, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा महाशाखा प्रमुखको जिम्मेवारी सम्हालीसकेका छन्।

 

बिज्ञापन

युवा, दक्ष र जुझारु प्रशासकका रूपमा परिचित लामिछाने प्रशासनिक कामका साथै नीतिगत तथा व्यवस्थापकीय सुधारका पक्षधर मानिन्छन्। असोज २३ गते तत्कालीन महानिर्देशक डा. नारायण प्रसाद रेग्मीको सरुवापछि रिक्त बनेको विभागीय नेतृत्व अब लामिछानेको हातमा पुगेको छ।

 

उनको आगमनसँगै विभागले नीति कार्यान्वयन र पर्यटन क्षेत्रको पुनरुत्थानमा नयाँ ऊर्जा पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद् बैठक बस्दै

प्राकृतिक संरक्षण कोषको सदस्य सचिवमा सुवेदी

गोकर्ण र योगेशले जोगाए ईश्वर पोखरेलको इज्जत

दोहोरो सहमति जुटाउँदा समेत स्थानीय तहका कर्मचारीले पाएनन सरुवा,पुगे अदालत

एमाले महाधिवेशन : ओली प्यानलै अगाडि

नेपाल ट्रस्ट लिज प्रकरण : सचिव उपाध्यायले भने–मुख्य पानामा मेरो हस्ताक्षर छैन

उपमहासचिवमा लेखराज भट्ट र सचिवमा पद्या अर्याल सबैभन्दा अगाडि

एमाले महाधिवेशन : २२३ मत गन्दा अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

बिशेष