पर्यटन विभागको महानिर्देशकमा रामकृष्ण लामिछाने

काठमाडौं । पर्यटन विभागले नयाँ नेतृत्व पाएको छ। पर्यटन मन्त्रालयका सह–सचिव तथा प्रवक्ता रामकृष्ण लामिछाने विभागको महानिर्देशकमा नियुक्त भएका छन्। प्रधानमन्त्रीसमेत रहेकी पर्यटन मन्त्री सुशीला कार्कीले मन्त्रीस्तरीय निर्णयमार्फत लामिछानेलाई विभागको नेतृत्व दिने निर्णय गरेकी हुन्।

बिज्ञापन

 

बिज्ञापन

२०७९ साल चैतमा आन्तरिक प्रतिस्पर्धाबाट सह–सचिव बनेका कास्कीका लामिछानेले यसअघि वै कार्यालय ताहचलको प्रमुख, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा महाशाखा प्रमुखको जिम्मेवारी सम्हालीसकेका छन्।

 

बिज्ञापन

युवा, दक्ष र जुझारु प्रशासकका रूपमा परिचित लामिछाने प्रशासनिक कामका साथै नीतिगत तथा व्यवस्थापकीय सुधारका पक्षधर मानिन्छन्। असोज २३ गते तत्कालीन महानिर्देशक डा. नारायण प्रसाद रेग्मीको सरुवापछि रिक्त बनेको विभागीय नेतृत्व अब लामिछानेको हातमा पुगेको छ।

 

उनको आगमनसँगै विभागले नीति कार्यान्वयन र पर्यटन क्षेत्रको पुनरुत्थानमा नयाँ ऊर्जा पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष