ठुलो परिमाणमा लागूऔषध, नगद र सुनसहित एक व्यक्ति पक्राउ

झापा, असोज २ । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण मुख्यालय झापाको टोलीले भारतबाट नेपालतर्फ अवैध रूपमा लागुऔषध, नेपाली नगद र सुन लिएर आएका एक व्यक्तिलाई पक्राउ गरेको छ।

बिज्ञापन

 

बिज्ञापन

मिलेको विशेष सूचनाका आधारमा मेचीनगर नगरपालिका–६ स्थित मेचिपुल इलाकामा सशस्त्र प्रहरीको मोबाइल टोलीले सोमबार चेकजाँच गर्ने क्रममा दोलखा झ्याकु गाउँपालिका–५ का नङ्ग बहादुर बस्नेतलाई पक्राउ गरेको हो।

 

बिज्ञापन

बस्नेतको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ४०.१८ ग्राम, नेपाली नगद रु. १० लाख ५१ हजार १ सय २० र ९०.५४० ग्राम सुन (१ थान सिक्री र २ थान औंठी) बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

 

बरामद गरिएको सुनको मूल्य आजको बजार भाउअनुसार रु. १९ लाख ६९ हजार ३०८.४० बराबर हुने सशस्त्र प्रहरीका अनुसार बताइएको छ।

 

सशस्त्र प्रहरी निरीक्षक दिवश न्यौपानेको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको बस्नेतलाई बरामद लागू पदार्थ, नगद र सुन सहित आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाइएको छ।

 

सशस्त्र प्रहरीले सीमाक्षेत्र हुँदै हुने अवैध तस्करी, लागूऔषध ओसारपसार तथा अन्य आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सीमा सुरक्षालाई थप कडाइ गरेको जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारविरुद्ध मुद्दा हाल्ने डीएफओमाथि प्रशासनिक कारबाही, निर्देशनालयमा तानियो

सामान्यको सुशासन : शाखा अधिकृतलाई धमाधम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

४ उपसचिव,३८ शाखा अधिकृतको सरुवा, १८ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

किराना र कस्मेटिक पसल अनुगमनमै बित्यो डिजी ज्ञवालीको चार महिना

सशस्त्रका तीन एआईजीको सरुवा

नयाँ मापदण्डले पनि भत्किएन भिजिट भिसाको सेटिङ,त्रिवि अध्यागमनबाट हटाइए दुई अधिकृत

श्रमिक ठगी न्यूनीकरण र सूचनामा पहुँच बढाउन ‘हेल्प टु हेल्प डेस्क’

अब न्यायधीशलाई पनि निजामती सरह मासिक पाँच हजार मंहगी भत्ता,छापियो राजपत्रमा

बिशेष