ठुलो परिमाणमा लागूऔषध, नगद र सुनसहित एक व्यक्ति पक्राउ

झापा, असोज २ । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण मुख्यालय झापाको टोलीले भारतबाट नेपालतर्फ अवैध रूपमा लागुऔषध, नेपाली नगद र सुन लिएर आएका एक व्यक्तिलाई पक्राउ गरेको छ।

बिज्ञापन

 

बिज्ञापन

मिलेको विशेष सूचनाका आधारमा मेचीनगर नगरपालिका–६ स्थित मेचिपुल इलाकामा सशस्त्र प्रहरीको मोबाइल टोलीले सोमबार चेकजाँच गर्ने क्रममा दोलखा झ्याकु गाउँपालिका–५ का नङ्ग बहादुर बस्नेतलाई पक्राउ गरेको हो।

 

बिज्ञापन

बस्नेतको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ४०.१८ ग्राम, नेपाली नगद रु. १० लाख ५१ हजार १ सय २० र ९०.५४० ग्राम सुन (१ थान सिक्री र २ थान औंठी) बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

 

बरामद गरिएको सुनको मूल्य आजको बजार भाउअनुसार रु. १९ लाख ६९ हजार ३०८.४० बराबर हुने सशस्त्र प्रहरीका अनुसार बताइएको छ।

 

सशस्त्र प्रहरी निरीक्षक दिवश न्यौपानेको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको बस्नेतलाई बरामद लागू पदार्थ, नगद र सुन सहित आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाइएको छ।

 

सशस्त्र प्रहरीले सीमाक्षेत्र हुँदै हुने अवैध तस्करी, लागूऔषध ओसारपसार तथा अन्य आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सीमा सुरक्षालाई थप कडाइ गरेको जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष