अनामनगरस्थित मेलम्ची आयोजनाको कार्यालयमा अख्तियारको छापा

मेलम्ची खानेपानी आयोजनाको अनामनगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ।

बिज्ञापन

 

बिज्ञापन

मंगलबार साँझ अख्तियारको विशेष टोलीले कार्यालयमा प्रवेश गरी विभिन्न कागजातहरू नियन्त्रणमा लिएको जनाएको छ। आयोगको टोलीले छापा मार्ने क्रममा पाइप खरिद र वितरणसम्बन्धी अभिलेखहरू विशेष रूपमा परीक्षणमा लिएको बताइएको छ।

 

बिज्ञापन

स्रोतका अनुसार, आयोजनाका ठूलो मात्रामा पाइपहरू बिक्री तथा वितरण गरिएको भन्ने गोप्य सूचनाका आधारमा अख्तियारको टोली कार्यालय पुगेको हो। आयोगले पाइप खरिद प्रक्रियामा अनियमितता र आर्थिक लेनदेनमा संलग्नता भएको प्रारम्भिक शंका गर्दै छानबिन अघि बढाएको जनाएको छ।

 

अख्तियारले अब आयोजनासँग सम्बन्धित ठेक्का प्रक्रिया, खरिद अभिलेख र आन्तरिक निर्णय प्रक्रियाबारे विस्तृत अनुसन्धान गर्ने तयारी गरेको बताइएको छ।

 

यसअघि पनि मेलम्ची खानेपानी आयोजनाको विभिन्न चरणमा अनियमितता र ढिलासुस्तीका कारण विवादित बन्दै आएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष