अनामनगरस्थित मेलम्ची आयोजनाको कार्यालयमा अख्तियारको छापा

मेलम्ची खानेपानी आयोजनाको अनामनगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ।

बिज्ञापन

 

बिज्ञापन

मंगलबार साँझ अख्तियारको विशेष टोलीले कार्यालयमा प्रवेश गरी विभिन्न कागजातहरू नियन्त्रणमा लिएको जनाएको छ। आयोगको टोलीले छापा मार्ने क्रममा पाइप खरिद र वितरणसम्बन्धी अभिलेखहरू विशेष रूपमा परीक्षणमा लिएको बताइएको छ।

 

बिज्ञापन

स्रोतका अनुसार, आयोजनाका ठूलो मात्रामा पाइपहरू बिक्री तथा वितरण गरिएको भन्ने गोप्य सूचनाका आधारमा अख्तियारको टोली कार्यालय पुगेको हो। आयोगले पाइप खरिद प्रक्रियामा अनियमितता र आर्थिक लेनदेनमा संलग्नता भएको प्रारम्भिक शंका गर्दै छानबिन अघि बढाएको जनाएको छ।

 

अख्तियारले अब आयोजनासँग सम्बन्धित ठेक्का प्रक्रिया, खरिद अभिलेख र आन्तरिक निर्णय प्रक्रियाबारे विस्तृत अनुसन्धान गर्ने तयारी गरेको बताइएको छ।

 

यसअघि पनि मेलम्ची खानेपानी आयोजनाको विभिन्न चरणमा अनियमितता र ढिलासुस्तीका कारण विवादित बन्दै आएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अनामनगरस्थित मेलम्ची आयोजनाको कार्यालयमा अख्तियारको छापा

जेनजी विद्रोहको महिना दिनमै दुई लेखा अधिकृत रंगेहात पक्राउ,प्रध्यापक, प्रहरी जवान अनुसन्धानको राडारमा

खरिदारको घुस प्रकरण अदालत प्रवेश

झापामा ७ लाख ६६ हजार बराबरका पटका नष्ट

आपराधिक पृष्ठभूमिका शाही, जेनजी नेता बनेर सरकारी कार्यालय प्रमुख थर्काउँदै

विवादास्पद् व्यवसायी दिपक भट्टको १० खर्ब सम्पत्ति जफत गर्न माग गर्दै अख्तियारमा उजुरी

प्रदेश लोकसेवाले माग्यो स्थानीय सरकारी सेवाका लागि सातौं र आठौं तहमा ८४ कर्मचारी

अब राजश्व समूहको शाखा अधिकृत र उपसचिव बन्न सम्बन्धित बिषयमा स्नातक र स्नाकोत्तर गर्नुपर्ने

बिशेष