काठमाडौंका प्रमुख राजमार्गहरू एकतर्फी सञ्चालनमा

अविरल वर्षाका कारण दुई दिनदेखि अबरुद्ध रहेका काठमाडौंबाट बाहिरिने तथा प्रवेश गर्ने प्रमुख राजमार्गहरू एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारीसाधन, नुवाकोटतर्फ जाने मार्ग र दक्षिणकाली हुँदै हेटौडातर्फ जाने मार्गहरूमा आवागमन आंशिक रूपमा सुचारु गरिएको जनाएको छ।

बिज्ञापन

सूचनामा उल्लेख अनुसार धादिङ, नुवाकोट, मकवानपुर र चितवनका विभिन्न सडक खण्डमा पहिरो पन्छाउने कार्य द्रुतगतिमा भइरहेको छ। हाल कतिपय स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन सुरु भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बिज्ञापन

“विगतका अवरोधका कारण सडकमा यात्रुहरूको चाप बढेको देखिएकाले सुरक्षाकर्मीको निर्देशन र ट्राफिक इशारा पालन गर्दै सावधानीपूर्वक सवारी सञ्चालन गर्न अनुरोध गरिएको छ,” सूचनामा प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवाले उल्लेख गरेकी छन्।

मौसममा सुधार भइरहेको र सडक मर्मत तथा पहिरो पन्छाउने कार्य निरन्तर जारी रहेकाले आगामी दिनमा पूर्ण रूपमा सडक सुचारु हुने आशा प्रशासनले व्यक्त गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तीन सीइओको अगाडि राष्ट्र बैंक मुकदर्शक : निर्देशन न एक्सन

सरकारी संस्थान-निकायमा ४१ प्रकारको भत्ता,प्रति बैठक भत्ता नौ हजार

मंसिर ५- ६ मा हिसान तारकेश्वर फुटसल टुर्नामेन्ट हुँदै

अध्यक्षलाई सरकारी वकिलको उन्मुक्ति,लेखा प्रमुखतिर सोझियो शंकाको सुँई

जेनजी युवालाई वार्ताको लागि बाराका सिडिओ मिश्रले गरे आह्वान

कार्यालय प्रमुख,इञ्जिनियर,सब इञ्जिनियरसहित ६ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

राष्ट्रिय परिचयपत्रसँग जोडिए ११ सरकारी निकाय,६ वटा पाइपलाइनमा

अवैद्य क्लिनिकलाई सिडियो र एसपीकै संरक्षण

बिशेष