काठमाडौंका प्रमुख राजमार्गहरू एकतर्फी सञ्चालनमा

अविरल वर्षाका कारण दुई दिनदेखि अबरुद्ध रहेका काठमाडौंबाट बाहिरिने तथा प्रवेश गर्ने प्रमुख राजमार्गहरू एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारीसाधन, नुवाकोटतर्फ जाने मार्ग र दक्षिणकाली हुँदै हेटौडातर्फ जाने मार्गहरूमा आवागमन आंशिक रूपमा सुचारु गरिएको जनाएको छ।

बिज्ञापन

सूचनामा उल्लेख अनुसार धादिङ, नुवाकोट, मकवानपुर र चितवनका विभिन्न सडक खण्डमा पहिरो पन्छाउने कार्य द्रुतगतिमा भइरहेको छ। हाल कतिपय स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन सुरु भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बिज्ञापन

“विगतका अवरोधका कारण सडकमा यात्रुहरूको चाप बढेको देखिएकाले सुरक्षाकर्मीको निर्देशन र ट्राफिक इशारा पालन गर्दै सावधानीपूर्वक सवारी सञ्चालन गर्न अनुरोध गरिएको छ,” सूचनामा प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवाले उल्लेख गरेकी छन्।

मौसममा सुधार भइरहेको र सडक मर्मत तथा पहिरो पन्छाउने कार्य निरन्तर जारी रहेकाले आगामी दिनमा पूर्ण रूपमा सडक सुचारु हुने आशा प्रशासनले व्यक्त गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

४१ खरिदार र १३८ नासुसहित १७९ कर्मचारीको सरुवा

अष्ट्रेलिया पुगेका उपसचिवको नेपालमा हाजिर,को- को जाकिन्छन् कीर्तेमा ?

अष्ट्रेलियामा सेकुवा बनाउँदै, नेपालमा तलब खाइरहने सरकारी डाक्टर

त्रिवि अध्यागमनमा अधिकृत र उपसचिवको दरबन्दी थप्ने तयारी

वैदेशिक रोजगार विभागभित्र १३ जना विचौलिया नियन्त्रणमा

डोल्मालाई ८८ करोड कर छुटदिएपछि मौरिसससँगको दोहोरो करमुक्ति सम्झौता खारेज

नक्कली प्रमाणपत्रले सरकारी जागिर खाएको सब–इन्जिनियर विशेष अदालतमा तानिए

भन्सारको संसार,विकृती भरमार

बिशेष