भिषण वर्षाको जोखिमबीच दुई दिन सार्वजनिक बिदा दिन कर्मचारीको सुझाव

काठमाडौं । देशभर मनसुन सक्रिय बनेको र विशेष गरी काठमाडौं उपत्यका, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा लगातार भारी वर्षा भइरहेको बेला एक जना निजामती कर्मचारीले दुई दिन (आईतबार र सोमबार) सार्वजनिक बिदा दिन सरकारलाई सुझाव दिएका छन् ।

बिज्ञापन

उनका अनुसार, असोज १७ देखि २० गतेसम्मका लागि जल तथा मौसम विज्ञान विभागले जारी गरेको पूर्वानुमानअनुसार भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सडक अवरुद्ध, पहिरो, र बाढीका जोखिम उच्च रहेका बेला सामान्य जनजीवन र सरकारी कामकाजलाई अनावश्यक जोखिममा पार्न नहुने बताइएको छ ।

बिज्ञापन

“भिषण वर्षा भइरहँदा देशका विभिन्न जिल्लाबाट काठमाडौं कार्यालय आउनुपर्ने बाध्यता हुन्छ, जसले गर्दा यात्राका क्रममा दुर्घटनाको जोखिम बढ्छ,” ती कर्मचारीले भने, “त्यसैले अन्य दिनको बिदा घटाएर भए पनि यो दुई दिन सार्वजनिक बिदा दिने निर्णय सरकारको विवेकसम्मत कदम हुने थियो ।”

उनले थपे, यस्तो निर्णयले कर्मचारी र नागरिक दुवैको सुरक्षा सुनिश्चित गर्न र सडक दुर्घटना तथा जोखिम न्यूनीकरणमा योगदान पुर्‍याउन सक्ने विश्वास व्यक्त गरिएको छ ।

बिज्ञापन

यसअघि सडक विभागले पनि मनसुन सक्रियताका कारण असोज १७ देखि २० गतेसम्म राजमार्ग र भौतिक संरचनामा क्षति हुने सम्भावना उच्च रहेको भन्दै चालक र यात्रुलाई सचेत रहन अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ट्रेड युनियन नेतामाथि सरकारको कडाइ : उपत्यकाबाहिर सरुवाको तयारी

सहसचिवको दोहोरो मापदण्ड : सुशासन कागजमै सीमित

प्रधानान्यायधीशको लाइनबाट तीन रिङ आउट

पाँच सचिव अख्तियारको फन्दामा

सर्वाेच्च अदालतमा तोडियो ब्रेक, चौथौं बरियताका शर्मा प्रधानन्यायाधीशमा सिफारिस

दाइको आवेदन,भाइले दिए अध्यक्षबाट राजीनामा

सरकारी बैंकका अध्यक्षहरुले दिए सामुहिक राजीनामा

सचिवविरुद्ध भ्रष्टाचार मुद्धा प्रदेशका प्रमुख सचिव निलम्बित

बिशेष