भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

देशभर मनसुन पुनः सक्रिय बन्दै गएसँगै आगामी केही दिन सडक अवरुद्ध हुने जोखिम बढेको भन्दै सडक विभागले यात्रु र चालकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

बिज्ञापन

 

बिज्ञापन

विभागले असोज १७ देखि २० गतेसम्म देशका अधिकांश भागमा मनसुन सक्रिय रहने र भारी वर्षा पर्ने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार विशेष गरी देशका मध्य र पूर्वी भेगमा मुसलधारे वर्षा हुने पूर्वानुमान गरेको छ । सोसँगै पहिरो, बाढी र सडक अवरुद्ध हुने सम्भावना बढेपछि सडक विभागले सचेतना अपिल गरेको हो ।

 

बिज्ञापन

विभागका प्रवक्ता प्रभातकुमार झालका अनुसार विशेष गरी मुग्लिङ–नारायणगढ सडक, मुग्लिङ–गोरखा सडक, बिपी राजमार्ग, अरनिको राजमार्ग, त्रिभुवन राजपथ, गल्छी–स्याङ्जा सडक र कान्ति लोकपथ प्रभावित हुन सक्नेछन् । उनले यी स्थानहरूमा बेलुकी ८ बजेपछि बिहान ५ बजेसम्म यात्रा नगर्न सुझाव दिएका छन् ।

 

“भारी वर्षाका कारण सडकमा पहिरो खस्ने, बाटो कटान हुने वा यातायात अवरुद्ध हुने सम्भावना छ,” प्रवक्ता झालले भने, “त्यस अवस्थामा तत्काल उपकरण र प्राविधिक टोली परिचालन गरी मर्मत तथा पहिरो हटाउने कार्य अघि बढाइनेछ।”

 

विभागले सडक प्रयोगकर्ताहरूलाई आवश्यक सूचना पाउनका लागि टोल–फ्री नम्बर ९८५१४१६८९३ वा नजिकको सडक कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

 

सडक विभागले यात्रु तथा चालकहरूलाई यात्रा अघि मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न, अनावश्यक जोखिम नलिन र सम्बन्धित निकायको निर्देशन पालन गर्न अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राष्ट्रका लागि लड्ने क्याप्टेन, जीवनका लागि एक्लै योद्धा

दलिय कर्मचारी संगठनको दादागिरी : वरिष्ठ अधिकृत हटाइ युनियन सल्लाहकारलाई प्रमुख बनाउन दबाब

भिषण वर्षाको जोखिमबीच दुई दिन सार्वजनिक बिदा दिन कर्मचारीको सुझाव

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड पहिरोले अवरुद्ध

बागमती र मधेशमा चट्याङसहित वर्षा, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह

बडादसैँ : धर्मको रक्षा र जीवनलाई प्रेरणा

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

बिशेष