अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, साईबर ब्युरोले पूर्वमन्त्री महेश बस्नेतमाथि थप अनुसन्धान गर्न निर्देशन दिएको छ।

बिज्ञापन

शोभा पाठक (जानुका पाठक) को जाहेरीका आधारमा विद्युतिय कारोबार ऐन अन्तर्गतको कसूर मुद्दामा बस्नेतमाथि अनुसन्धान भइरहेकोमा यस विषयमा संलग्न कागजातहरूको थप परीक्षण आवश्यक देखिएको भन्दै जिल्ला न्यायाधिवक्ता कार्यालयले प्रहरीलाई पत्राचार गरेको हो।

बिज्ञापन

जिल्ला न्यायाधिवक्ता उदयचन्द अधिकारीद्वारा प्रेषित पत्रमा बस्नेतले आफ्नो फेसबुक वालमार्फत ‘नेपालको राजनीतिमा एउटा भालु पछिल्लो समयमा जहाँ–तत्‌ छरपष्ट बौलाउँदै हिँडीरहेको छ’ भन्दै अमूर्त तरिकाले ‘भालु’ शब्द प्रयोग गरी अमर्यादित गाली बेइज्जती गरेको देखिएको उल्लेख छ। उक्त शब्द कसलाई लक्षित गरी, कुन प्रयोजनका लागि प्रयोग गरिएको हो भन्नेबारे प्रतिवादी बस्नेतसँग लिखित कागज गराई स्पष्ट पार्नुपर्ने राय दिइएको छ।

त्यसैगरी, मिसिलसँग संलग्न रहेको Mahesh Basnet Fanclub नामक फेसबुक पेज वा ग्रुप को नाममा खोलिएको हो भन्नेबारे समेत थप अनुसन्धान गरी सोको आधारमा राय पेस गर्न साईबर ब्युरोलाई पत्राचार गरिएको पत्रमा उल्लेख छ।

बिज्ञापन

यसअघि, साईबर ब्युरोले मिति २०८२ भदौ ३१ गते प्रतिवादी महेश बस्नेतविरुद्ध जाहेरी दरखास्त दर्ता गरी प्रारम्भिक अनुसन्धान अघि बढाएको थियो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

बिशेष