काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

काठमाडौं । काठमाडौं जिल्लाका सडकहरू खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजन काठमाडौंले निरन्तर रुपमा प्याच मर्मत (पैचवर्क) कार्यलाई तीव्र पारेको छ।

बिज्ञापन

बालुवाटार क्षेत्रमा सडक भासिन गएर ठूला खाल्डा बनेको घटनामा तत्काल प्राथमिक उपचार गरी सडक पुनःस्थापना गरिएको सडक डिभिजन काठमाडौंका प्रमुख सुबोध कुमार देवकोटाले जानकारी दिएका छन्।

बिज्ञापन

उनका अनुसार प्रतिकूल मौसमका कारण २०८२ असोज १  गते मर्मत कार्य गर्न नसकिए पनि सो अवधिमा काठमाडौं चक्रपथको महाराजगन्ज–बसुन्धरा तथा बालाजु बाइपास सडक खण्डमा आधार तह (बेस लेयर) राख्ने काम गरिएको थियो।

खाल्डाखुल्डीमुक्त अभियानअन्तर्गत  २ गते बेलुकी महाराजगन्ज–बसुन्धरा खण्डमा प्याच मर्मत सम्पन्न गरिएको थियो। सोही क्रममा  ३ गते चण्डोल–टुडालदेवी–विशालनगर–भाटभटेनी–छाता गणेश–गैरिधारा सडकमा चिसो मिश्रण (कोल्डमिक्स) प्रयोग गरी मर्मत गरिएको थियो।

बिज्ञापन

त्यसैगरी  ४ गते बालुवाटार–गैरिधारा–नारायणचौर–नागपोखरी–जयनेपाल–दरवारमार्ग–रत्नपार्क–भद्रकाली–कमलादी–कृष्णपाउरोटी–केशरमहल सडकमा समेत चिसो मिश्रण प्रयोग गरी मर्मत सम्पन्न भएको डिभिजनले जनाएको छ।

 ५ गते बालुवाटार, केशरमहल, ठमेल, क्षेत्रपाटी, शोभाभगवती, भगवानपाउ र छाउनी सडक खण्डमा तातो मिश्रण (हटमिक्स) प्रयोग गरी मर्मत गरिएको थियो।  ६ गते संगमचोक, मिलनचोक, भिमसेनगोला, पुरानो सिनामंगल, पुरानो बानेश्वर, डिल्लिबजार, बागबजार र रत्नपार्क क्षेत्रमा चिसो मिश्रण प्रयोग गरी काम सम्पन्न गरिएको हो।

यस्तै,  ७ गते गौशाला–पशुपति सडक, मित्रपार्क–पशुपति क्याम्पस र चुच्चेपाटीमा तातो मिश्रण प्रयोग गरी मर्मत गरिएको छ भने महाराजगन्ज–बाँसबारी–गोल्फुटार सडकमा  ८ गते बेलुकी चिसो मिश्रण प्रयोग गरी मर्मत गरिएको छ। ९ गते कालिमाटी, बल्खु, बल्खु–दक्षिणकाली, चाल्नाखेल, टौदह र चोभार सडक खण्डमा पनि तातो मिश्रण प्रयोग गरी प्याच मर्मत सम्पन्न गरिएको सडक डिभिजन काठमाडौंले जनाएको छ।

प्रमुख देवकोटाका अनुसार, प्रतिकूल मौसमका बाबजुद काठमाडौं जिल्लाका सडकहरूलाई खाल्डाखुल्डीमुक्त बनाउनको लागि अभियानलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निमित्तकै भरमा १८ स्थानीय : १४ नगरपालिका, ४ गाउँपालिकामा खटाउन सकेन प्रमुख प्रशासकीय

अब सचिवभन्दा माथि मन्त्रीका स्वकीय,१७ मन्त्रालयमा २१० पिए नियुक्तिको गृहकार्य

अबदेखि प्रहरीलाई पनि १५- १५ दिनमा तलब

शाखा अधिकृत पौडेल बर्खास्त

५ लाख नाघे रास्वपाको सदस्य, कुन प्रदेशबाट कति (पूर्णपाठ)

प्रशासनिक सुधार कि संरचनात्मक पुनर्संरचना?

राहदानी छपाइमा अनियमितता : महानिर्देशक अर्यालसहित सातजनाको अदालतमा बयान सुरु

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम

बिशेष