रसुवा । रसुवा जिल्ला, नौकुण्ड गाउँपालिका–५ खाल्चेत निवासी २१ वर्षीय मिलन मोक्तान हाल भक्तपुर क्यान्सर अस्पतालमा ब्रेन ट्युमर (क्यान्सर) उपचाररत छन्।
बिज्ञापन
बिज्ञापन
उनी उपचार खर्च जुटाउन संघर्षरत रहँदा नौकुण्ड–१ थाङ्दोर युवा समाजले उपचार सहयोगार्थ रु. ६,५१५/- प्रदान गरेको छ। समाजले गरेको यो सहयोगले मोक्तान र उनको परिवारलाई राहत पुगेको बताइएको छ।
बिज्ञापन
परिवारले थाङ्दोर युवा समाजप्रति आभार व्यक्त गर्दै भनेका छन्, “तपाईंहरूको सहयोगले नै कसैको पुनर्जीवन सम्भव हुन्छ। मानविय सेवा नै सबैभन्दा ठूलो धर्म हो।”
स्थानीय स्तरमा यस्ता सहयोगी पहलहरूले गम्भीर रोगसँग जुधिरहेका बिरामीलाई हौसला मिल्ने विश्वास गरिएको छ।