जाजरकोटमा गाउँपालिका अध्यक्षमाथि खुकुरी प्रहार

जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि आइतबार बेलुकी हतियारधारी समूहले आक्रमण गरेका छन्।

बिज्ञापन

 

बिज्ञापन

गाउँपालिका उपाध्यक्ष देविकाकुमारी सिंहका अनुसार, दसैँ मनाउन सुर्खेततर्फ जाँदै गरेका अध्यक्ष बस्नेतमाथि छेडागाड नगरपालिका–५ थलह बजार र मनघाटबीचको सडक खण्डमा आक्रमण भएको हो।

 

बिज्ञापन

मोटरसाइकलमा सवार अध्यक्ष बस्नेत र उनका अन्य साथीसँग करिब तीनदेखि चार जनाको समूहले खुकुरीसहित आक्रमण गरेको उपाध्यक्ष सिंहले जानकारी दिइन्।

 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी वसन्तकुमार शर्माले अपरिचित समूहले खुकुरी प्रहार गरेको प्रारम्भिक जानकारी आएको पुष्टि गरे। उनका अनुसार आक्रमणमा अध्यक्ष बस्नेतसहित दुई जना घाइते भएका छन्।

 

प्रहरीका अनुसार दुई वटा मोटरसाइकलमा आएका आक्रमणकारीहरू हाल फरार छन्। घाइतेहरूको उपचारका लागि सुर्खेततर्फ लगिएको छ।प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारेको जनाएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

बिशेष