अर्थ मन्त्रालयमा आजदेखि कार्यालयका टिप्पणी सबै डिजिटल स्वीकृति हुने भएको छ । परम्परागत रुपमा फाइलमा टिप्पणीका कागजात राखेर तल्लो निकायबाट माथिल्लो तहमा सदर वा बदरका लागि पेश गरिने टिप्पणी डिजिटल भएको जनाइएको छ ।
बिज्ञापन
यससँगै मन्त्रालयभित्र प्रशासनिक कार्यमा पारदर्शिता र छरितोपन बढ्ने अपेक्षा गरिएको छ। डिजिटल स्वीकृति प्रणाली लागू भएपछि कागजी काममा लाग्ने समय घट्ने र दक्षता बढ्ने विश्वास लिइएको छ ।
बिज्ञापन
अर्थ मन्त्रालयका अनुसार सरकारी निकायबाट सम्पादन हुने कार्यहरूलाई एउटै सूचना प्रविधि प्रणाली मार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी रूपमा सम्पादन गरी कागजरहित सरकारको अवधारणा कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागद्वारा विकास गरिएको एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको प्रयोगलाई अर्थ मन्त्रालयमा समेत अनिवार्य गरिएको हो ।
उक्त एकीकृत कार्यालय व्यवस्थापन प्रणाली प्रयोग गरी विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्र दर्ता तथा चलानी, हाजिरी, बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापन लगायत कार्य अनिवार्य रूपमा विद्युतीय हस्ताक्षर प्रयोग गरी सम्पादन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
बिज्ञापन