काठमाडौँ — राजधानी काठमाडौँको प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत ईश्वरराज पौडेललाई सरुवा गरी काठमाडौँको सिडिओको जिम्मेवारी दिइएको हो।
बिज्ञापन
यसअघि काठमाडौँको सिडिओ रहेका छवि रिजाललाई गृह मन्त्रालय फिर्ता बोलाइएको छ। हालैको जेन जेड आन्दोलनका क्रममा गोली प्रहार भएको घटनापछि उनको भूमिकाप्रति आलोचना बढ्दै गएको थियो। यसैका बीच रिजाललाई हटाएर पौडेललाई काठमाडौँको प्रशासनिक नेतृत्वमा पठाइएको हो।
बिज्ञापन
गृह प्रशासनमा पछिल्लो समय देखिएको चलायमानताका क्रममा हिजो मात्रै गृह सचिवको सरुवा गरिएको थियो भने आज सिडिओ तहमै फेरबदल गरिएको छ। यसलाई आन्दोलनसँग सम्बन्धित घटनाक्रमले ल्याएको प्रभावको रूपमा पनि हेरिएको छ।