अख्तियारमा उजुरीदेखि प्रसाईसँगको नजिक सम्बन्धसम्म : विवादास्पद घिमिरे नै रूपान्तरण अभियानका संयोजक

सार्वजनिक सेवामा रूपान्तरण अभियान ०८२ काे संयाेजक ताेकिएका शाखा अधिकृतकाे विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग विशेष सम्बन्ध रहेकाे देखिएकाे छ ।

बिज्ञापन

जसरी जेनजीको आन्दोन पछि प्रधानमन्त्री चयन बिषय जटिल बनिरहँदन प्रसाइलाई सैनिक मुख्यालय पु¥याइयो । सो भूमिकामासमेत उनै शाखा अधिकृत सक्रिय रहेको बुझिएको छ । दुर्गा प्रसाइले यस बिषयमा कहिँ कतै मुख नखोले पनि ती शाखा अधिकृतले सगौरव प्रसाईलाई
सेनापतिसँग भेटाउने सम्बन्वय आफूले गरेको बताउँदै हिड्न थालेका छन् । यस्ता विवादित शाखा अधिकृत हुन,गणेशघिमिरे । घिमिरे २०७२ साले व्याट ३१ का अधिकृत हुन । पाँच बर्ष कानुन मन्त्रालयमा सुव्वा तहमा काम गरेर अधिकृत भएका उनलाई नजिकबाट चिन्ने र जान्ने कर्मचारीहरु ‘हावा’उपनाम दिन्छन् । तिनैलाई नेता बनाएर कर्मचारीहरू सार्वजनिक प्रशासन सुधार गर्न अग्रसर भएका छन ।

बिज्ञापन

घिमिरे अहिले प्राकृतिक स्रोत तथा वित्त आयोगको नीति योजना तथाविश्लेषण शाखाको जिम्मेवारीमा छन् । यद्यपि निजामती किताबखानाको विवरण अनुसार उनको दरबन्दी सामान्य प्रशासनको अतिरिक्त समूहमा देखिन्छ  ८२ वैशाख २५ देखि । ओखलढुङ्गाको रगनी ७ कास्थायीबासी उनले जागिर खाएको छोटो समयमा भक्तपुरमा घर जोडेका थिए । श्रम मन्त्रालयमातहत रहँदा त्यहाँ घर जोडेका उनी अहिले ललितपुर सरेका छन् । जागिरे जीवनका पाँचबर्ष प्रधानमन्त्री कार्यालय,मुख्य सचिवको सचिवलायमा बिताएका उनले त्यही हुँदा सेनासँग सम्बन्ध बनाएकाे बताइन्छ ।

त्यही सम्बन्धका बलमा जेनजीको आन्दोलनपछि नेपाली सेनाको मुख्यालयमा दुर्गाप्रसाईलाई लैजाने काम उनैले गरेका थिए भनिन्छ । यो प्रधानसेनापति अशोकराज सिग्देल,दुर्गाप्रसाई र शाखा अधिकृतको एउटा तस्विर सामाजिक सञ्जालमा समेत भाइरल छ ।

बिज्ञापन

उनलाईनजिकबाट चिन्ने र जान्नेहरुका अनुसार पछिल्लो दुई वर्षदेखि दुर्गा प्रसाईंसँग नजिक थिए । अहिले उनै घिमिरेले कुलिङ्ग पिरियडमाचलखेल गरेको आरोपमा मुख्यसचिव, संघीय संसद्का महासचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारर गृह सचिवलगायत जिम्मेवार पदाधिकारी एवं कर्मचारीहरूलाई तत्काल बर्खास्त गर्न माग राख्दै संगठीत भएका छन ।

 

यही भदौं २३ र २४ गते जेनजी पुस्ताले हिंसात्मकआन्दोलन पश्चात राजनैतिक नेतृत्व परिवर्तन भएको र अब  सार्वजनिक प्रशासनको नेतृत्व परिवर्तन हुनुपर्ने भन्दैगत असोज ५ गते सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयको हलमा भेला भएका कर्मचारीहरुले सार्वजनिक प्रशासन रुपान्तरण अभियान ०८२ घाेषणा गरेकाेमा हिजाेबाट घिमिरेलाई संयोजक समेततोकिएका छन् । उनीहरुले जेन्जी कर्मचारी नामक ग्रुप बनाइ अनलाइन छलफल समेतचलाइरहेका छन् ।

६७ साल मंसिरमा न्याय सेवाबाट निजामतीमा छिरेका हुन,उनी । कानुन मन्त्रालयमा पाँचबर्ष काम गरेपछि शाखा अधिकृतमा उक्लिएका उनी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयहुँदै ७८ सालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेका थिए । प्रधानमन्त्रीतथा मन्त्रिपरिषद्को कार्यालयमा हुँदै सामान्यमा सरूवा भएका उनकाे पृष्टभूमि विवादित रहेकाे उनका व्याटका अधिकृतहरू बताउँछ ।

यश अघि खुम्बु पासाङ्ग ल्हामु गाउँपालिकामा हुँदाअनियमितता गरेको भन्दै अख्तियारमा समेत उनीविरुद्ध परेकाे उजुरी विचराधिन अवस्थामा छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

धुलिखेलमा पहिरोपीडितको घरबाट सामान सुरक्षित स्थानमा सारियो

काठमाडौंका प्रमुख राजमार्गहरू एकतर्फी सञ्चालनमा

बिपी राजमार्ग सुचारु हुन ढिलाइ, वैकल्पिक सडक पनि जोखिममा

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

राष्ट्रका लागि लड्ने क्याप्टेन, जीवनका लागि एक्लै योद्धा

दलिय कर्मचारी संगठनको दादागिरी : वरिष्ठ अधिकृत हटाइ युनियन सल्लाहकारलाई प्रमुख बनाउन दबाब

भिषण वर्षाको जोखिमबीच दुई दिन सार्वजनिक बिदा दिन कर्मचारीको सुझाव

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

बिशेष