नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् ।
बिज्ञापन
शीतलनिवासमा शपथ ग्रहण गरेलगत्तै मन्त्री अर्यालले पदभार ग्रहण गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले उनीसहित तीन जनालाई आज मन्त्री नियुक्त गरेकी थिइन् । आजै राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले शपथ लिएका थिए ।
बिज्ञापन
शपथ लगत्तै सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।पदभार ग्रहण गर्दै उनले तीन वटा निर्णय गरेका छन् । जसमा प्रदर्शनका क्रममा ज्यान गुमाउने प्रदर्शनकारी र सुरक्षाकर्मीको सम्मानस्वरुप राष्ट्रिय शोकको रूपमा मनाउने र राष्ट्रिय झन्डा आधा झुकाउने र मृतकका परिवारलाई प्रति मृतक रु १ लाख काजकिरिया खर्च उपलब्ध गराउने छन् ।साथै मृतकहरूको शव व्यवस्थापनका लागि निःशुल्क सवारीसधान व्यवस्थापन गर्ने र दुर्गमको हकमा हेलिकप्टरको व्यवस्थापन गर्ने बताए ।
अर्याललाई गृहको अलवा कानुन मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । अर्याल निडर र हक्की स्वभावका अधिवक्ता हुन । जब–जब संविधानमाथि प्रहार हुन्छ रिट बोकेर अदालत पुगिहाल्थें चाहे गिरिबन्धु टी इस्टेटको जग्गा प्रकरण होस् वा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुई–दुई पटक संविधानको चीरहरण । लोकमानसिंह कार्कीको राज हुँदा उनीविरुद्ध लडेर होस् वा खिलराज रेग्मी र चोलेन्द्रसमशेर राणाको ज्यादतीविरुद्ध लड्ने पनि यिनै हुन् । अर्यालले २०६९ चैत ७ मा कार्कीको नियुक्तिविरुद्ध पहिलोपटक अदालतमा मुद्दा दायर गरेका थिए । उनको मुद्दामा सुशीला कार्कीको बेञ्चले सुनुवाइ गर्दै चैत ९ मा नियुक्ति नगर्न अन्तरिम आदेश दिएको थियो । ३७ दिनपछि २०७० वैशाख १६ मा सुशीला कार्कीले दिएको अन्तरिम आदेशलाई गिरिशचन्द्र लाल र तर्कराज भट्टको संयुक्त इजालासले खारेज गरेपछि लोकमान नियुक्तिको बाटो खुलेको थियो ।सोही मुद्धामा तेस्रो प्रयासमा सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्तमा नियुक्ति गर्दाका सन्दर्भमा भएका काम कारबाही उत्पेषणको आदेशद्वारा बदर हुने ठहर गरेको थियो ।
बिज्ञापन
केपी शर्मा ओलीकै कार्यकालमा संवैधानिक निकायमा ५२ भाइको नियुक्तिलाई असंवैधानिक ठहर गर्दै उनले दर्ता गराएको रिट साढे चार वर्षपछि सर्वोच्चले खारेज गरेको भर्खरै मात्र हो । उनी सो फैसलालाई सिद्धान्तहीन, दिशाहीनको रूपमा टिप्पणी गर्दछन् । ०५५ सालदेखि कानुनी अभ्यास गरिरहेका अर्याल, संवैधानिक कानुन व्यवसायी मञ्चको अध्यक्षको समेत भूमिकामा रहेका थिए ।
गुल्मीमा जन्मिएका अर्यालले मानवअधिकारको विषयमा एलएलएम गरेका छन् । एमालेबाट विद्यार्थी राजनीति गरेका उनी ०७३ सालदेखि सो पार्टी त्यागेर केही समय विवेकशील साझामा जोडिए । ४ महिना सो पार्टीमा रहेर काम गरेपछि उनी आफ्नो व्यस्तताका कारण जनाउँदै राजीनामा दिएर कानुन व्यवसायमा बढी सक्रिय भए । पछिल्लो समय काठमाडौँ महानगरपालिकाका मेयर बालेनको कानुनी सल्लाहकारको भूमिका थिए ।
अर्याल दुई दशकदेखि वकालत पेसामा छन् ।सानेपामा राइट्स ल फर्मका सञ्चालक समेत रहेका उनको पत्नी पुनदेवी महर्जन सर्वोच्च अदालत बार एशोसिएशनको पदाधिकारी छिन् ।