१३ महिनामा फेरिए चार महानिर्देशक

अर्थ मन्त्रालयले एकै पटक १२ सहसचिवको सरुवा गरेको छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार भन्सार विभागको महानिर्देशक परिवर्तन भएका छन् । गत माघ २० मा विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका महेश भट्टराईको मन्त्रालयमा तानेर त्यहाँ प्रवक्ता समेत रहेका श्याम भण्डारीलाई खटाइएको छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार, ठूला करदाता कार्यालयमा दिलिपकुमार गौतम, रमेश अर्याललाई आन्तरिक राजस्व विभागमा पुर्याइएको छ भने हालैमात्र सम्पत्ति शुद्धीकरणबाट अर्थमा भित्रिएका सुमन दाहाल बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । यस्तै सहसचिव टंकप्रसाद पाण्डे योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख बनेका छन् । भन्सार विभागबाट मन्त्रालयमा ल्याइएको महेश भट्टराई आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख बनेका छन् । यस्तै टेकनाथ लम्साल त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख बनेका छन् । गृहबाट अर्थमा इन्ट्री भएका भरतमणी पाण्डे भन्सार विभागका उपमहानिर्देशकको जिम्मेवारी पाएका छन् । यस्तै दिपक लामिछाने महालेखा नियन्त्रक कार्यालय आएका छन् । जनकराज शर्माको आन्तरिक राजस्व विभागमा पुग्दा पदम कुमार श्रेष्ठ मध्यमस्तरीय कर कार्यालयका प्रमुख र विष्णुप्रसाद ज्ञावाली वीरगञ्ज भन्सार कार्यालयका प्रमुख बनेका छन् ।

यता अर्थमन्त्री भए यता विष्णु पौडेलले चार चार जना भन्सारका महानिर्देशकहरु हेरफेर गरेका छन् । ०८१ असारमा मन्त्री नियुक्त भएका अर्थमन्त्री पौडेलले १३ महिनाको अवधिमा चार चार जना भन्सार विभागका महानिर्देशक हेरफेर गरेका छन् । अहिलेका महानिर्देशक महेश भट्टराई ६ महिनामै सरुवा भएका हुन । उनी अघि भन्सार विभागका महानिर्देशक थिए हरिशरण पुडासैनीले पाँच महिनाभन्दा बढी समय काम गर्न पाएनन् । हरिशरण अगाडि त्यहाँको महानिर्देशक थिए ढुण्डी निरौला । माओवादी निकटका कर्मचारी भन्दै उनको सरुवा गरेर स्वास्थ्य मन्त्रालयमा पठाइएकोमा निरौला अवकाशमा गइसकेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

स्थानीय तहको भ्रष्टाचार र ढिलासुस्तीको उजुरी अब मुख्यसचिवले हेर्ने

दरबन्दी कटौती भएर फाजिलमा पर्ने हजारौं कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाइने

मुख्य सचिवको अध्यक्षतामा बसेको पहिलो बैठकका निर्णय विवादमा

एक्सट्रिम इनर्जी: मधुमेह र मुटुरोगको जोखिम बढ्ने चिकित्सकको चेतावनी, बजारमा खुलेआम बेचिँदै ‘विष’

पूर्व–पश्चिम राजमार्गमा ‘ल्याण्डमार्क’ पुल निर्माण जारीः रतुवा पुलको भौतिक प्रगति ५० प्रतिशत सम्पन्न

सरकारको ठूलो निर्णय: चालु आर्थिक वर्षभर नयाँ कर्मचारी भर्ना रोक, लोकसेवाको विज्ञापन नखुल्ने

सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो

बिशेष