सरकारी निवासमा आफैले आगजनी गरेको अभियोगमा हाकिम पक्राउ

दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी पक्राउ परेका छन् ।सरकारी निवासमा आफैले आगजनी गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत अधिकारी पक्राउ परेका हुन् ।

बिज्ञापन

फागुन २४ गते सुतिरहेको अवस्थामा शक्रबार राति अज्ञात समूहले ढुंगामुढा र आगजनी भएको थियो । सुरुमा अज्ञात समूहबाट गरिएको भनिए पनि प्रहरी अनुसन्धानबाट प्रमुख प्रशासकीय अधिकृत आफैले आगजनी गरेको खुलेको छ ।

बिज्ञापन

प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी आफैले आगजनीको घटना गराएको निस्कर्षमा प्रहरी पुगेको छ ।घटनाको गहिरो अध्ययन गरेपछि प्रमुख प्रशासकीय अधिकृत स्वयंले घटना गराएको तथ्य खुलेपछि प्रहरीको मुद्दाको प्रक्रिया अघि बढाएको हो ।

गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर १ घर भई हाल काठमाण्डौं जिल्लाको नागार्जुन नगरपालिका वडा नम्बर १ रानीवनमा बसोवास गर्ने अधिकारी २०८० भदौंदेखि मार्मा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन् । २६ वर्षिय अधिकारीले किन आगजनीको घटना गराए भन्नेबारे सबैकुरा खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गर्नेकार्य जारी रहेको बताएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिडियोको नाममा घुस असुल्नेहरु पक्राउ

आम आदमीसहित ६ राजनीतिक दल खारेज

शिक्षा मन्त्रालयका नक्कली शाखा अधिकृतको चर्तिकला

घर जान लागेका एसएसपीविरुद्ध भ्रष्टाचार मुद्दा

गाउँपालिकाका अध्यक्षका आफन्तको धमाधम अस्वाभाविक बढुवा, अख्तियारले माग्यो स्पष्टीकरण

संसद पुनस्थापना र सर्वदलीय सरकारको चर्चा बीच शीतल निवासमा तोडियो संवादहीनता

पूर्व गृहसचिव,आइजीपी र सहसचिवको स्थान हद फुकुवा

जाँचबुझ आयोगले पूर्व गृहमन्त्री लेखकलाई काट्यो पत्र,शुक्रवार बयान लिने तयारी

बिशेष