सरकारी निवासमा आफैले आगजनी गरेको अभियोगमा हाकिम पक्राउ

दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी पक्राउ परेका छन् ।सरकारी निवासमा आफैले आगजनी गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत अधिकारी पक्राउ परेका हुन् ।

बिज्ञापन

फागुन २४ गते सुतिरहेको अवस्थामा शक्रबार राति अज्ञात समूहले ढुंगामुढा र आगजनी भएको थियो । सुरुमा अज्ञात समूहबाट गरिएको भनिए पनि प्रहरी अनुसन्धानबाट प्रमुख प्रशासकीय अधिकृत आफैले आगजनी गरेको खुलेको छ ।

बिज्ञापन

प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी आफैले आगजनीको घटना गराएको निस्कर्षमा प्रहरी पुगेको छ ।घटनाको गहिरो अध्ययन गरेपछि प्रमुख प्रशासकीय अधिकृत स्वयंले घटना गराएको तथ्य खुलेपछि प्रहरीको मुद्दाको प्रक्रिया अघि बढाएको हो ।

गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर १ घर भई हाल काठमाण्डौं जिल्लाको नागार्जुन नगरपालिका वडा नम्बर १ रानीवनमा बसोवास गर्ने अधिकारी २०८० भदौंदेखि मार्मा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन् । २६ वर्षिय अधिकारीले किन आगजनीको घटना गराए भन्नेबारे सबैकुरा खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गर्नेकार्य जारी रहेको बताएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

‘जान्नेलाई छान्ने’ नियुक्तिमा उमेर हद नमान्ने

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

बिशेष