नेपालको राजनीतिमा तस्करीको कनेक्सन

 

बिज्ञापन

गरीवी हटाएर समानता कायम गराउने नाराका साथ राजनीतिमा लागेका वामपन्थी नेताहरूले राज्य शक्तिको दुरूपयोग गर्दै गरीव जनताको सट्टा तस्करहरू संग कनेक्सन गर्दा रहेछन् भन्ने कुरा हाल छताछुल्ल भएको सुन काण्डले उजागर गरेको छ। हुन त यिनीहरूको दश वर्षे द्वन्दमा लुटपाट, हत्या जस्ता आतंक गर्न बानी परी सकेकै थियो। अन्य पार्टीको बुई चढेर सत्तामा आई सके पछि पनि आफ्नो पुरानो ब्यबसायलाई तस्करीमा जोड्न पुगे। यिनीहरूले राज्यका संयन्त्र कब्जा गरेर राज्यका अंगहरूलाई दुरूपयोग गरेर तस्करी गर्ने गरेका हुदा एक पटक सत्तामा पुगे पछि त्यसलाई निरन्तरता दिन चाहने रहेछन्। सत्ताबाट बाहिर हुदा आफू कारवाहीमा परिने डरले जे जसरी भए पनि यिनीहरू सत्ता बाहिर बस्न नसक्ने रहेछन्। सत्तामा बसेर आफ्ना पार्टी भित्रका विरेधी र पार्टी बाहिरका विरोधीलाई तह लगाउन अन्य पार्टीका ब्यक्तिलाई प्रयोग गर्ने रहेछन् जसरी अहिले रवि लामिछाने प्रयोग भै रहेका छन्। यिनले नेपालको राजनीति भित्र हुने अपराधीकरण रोक्ने नै हो भने गठवन्धन भित्र पनि कानूनी कारवाही अगाडि बढाउन सक्नु पर्छ।

बिज्ञापन

नेपालका हरेक पार्टीहरूमा अपराधीकरण प्रसस्तै छ। जनताले सबै पार्टी भित्रको फोहोर सफा भएको देख्न चाहन्छन् तर सफा गर्न प्रयोग गरिने कुचो (झाडू) सर्वप्रथम आंफैमा सफा हुनु पर्छ। तर स्थिति त्यस्तो देखिएन। सुन तस्करी संग जोडिएको सत्ता पक्षले अन्य पार्टी भित्र लागेको फोहोर मैला सफा गर्छु भन्नु अरू पार्टीलाई बदला लिनु सिवाय केही हैन। फेरि सफा गर्न लागी परेका गृह मन्त्री आंफै सहकारीका पिडक मात्र हैनन कि आंफू उपर दोहोरो नागरिकता एवॅ राहदानीको आरोप लागेका ब्यक्ति समेत हुन्।

नेपालमा गरिने विभिन्न पेशाहरू मध्ये राजनीति पनि एक मुख्य पेशा जस्तै भएको छ, त्यस अर्थमा हाम्रा राजनीति कर्मी राजनेता नभएर पेशा कर्मी हुन। आफ्नो पेशालाई बढी नाफा मूलक बनाउन हरेक पेशाकर्मीले चाहनु स्वभाविकै हो। त्यसैले यिनीहरू यो पेशाको आवरणमा चोरी तस्करी गर्छन।यही कामको लागि यिनीहरू राष्ट्रिय अन्तर्राष्ट्रिय तस्करहरू सॅग जोडिन पुग्छन्। यसरी जोडिने काम आफ्नो पुस्ता सम्म मात्र सीमित नराखेर आंफ्ना छोरा नाती समेतलाई संलग्न गराउदा रहेछन्। यसमा हाम्रा पूर्व उपराष्ट्रपति, पूर्व सभामुख, पूर्व मन्त्री र यिनका सन्तानहरूको समेत संलग्नताले यही देखाएको छ।

बिज्ञापन

वीरताले भरिएको हाम्रो देश, शान्ति भूमिको नामबाट चिनिएको हाम्रो देश, विश्वको सर्वोच्च शिखरले चिनिएको हाम्रो देशलाई तस्करको देशमा परिणत गराए यिनीहरूले। राजनीतिलाई अपराध गर्ने माध्यमको रूपमा प्रयोग गर्दा देश र जनताले राजनीतिबाट केही उपलब्धी पाउन सकेनन्। त्यसैले एउटा सक्षम, दूर दृष्टि भएको राजनेता हामीले खोज्नु परेको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।