लुटेरासँग एक्लै प्रतिकार गर्ने सुरक्षागार्ड पराजुली पुरस्कृत :-५ लाख नगद र पाँच ग्रेड बढुवा

राजावादीको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट भयो । घटनामा ७० लाखभन्दा बढीको क्षति भएको भनिदैंछ ।

बिज्ञापन

लुटपाटका क्रममा भाटभटेनीका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीले एक्लै प्रतिकार गरेका थिए । उनले लुटेराहरूलाई पिट्दै लखेटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । घटना घटेको पाँच दिन पछि नै भाटभेटनीका मालिक मिनबहादुर गुरुङले आज एक कार्यक्रमका बीच  पराजुलीलाई ५ लाख १ हजार १११ रुपैयाँ, एउटा फुली र पाँच ग्रेड बढुवासहित सम्मान गरेका हुन ।

बिज्ञापन

सुपरमार्केटका देशभर २७ वटा आउटलेट छन् त्यहीमध्येका एक हो कोटेश्वरस्थित भाटभेटनी सुपरमार्केट । जहाँ २२ बर्षदेखि सेक्युरेटि गार्डका रुपमा कार्यरत छन्, पराजुली । सिन्धुपाल्चोकको जलवीरेमा जन्मिएका पराजुलीले पूरानो भाटभेटनी नक्सालका १३ बर्ष सेवा गरेपछि विगत ९ बर्षदेखि कोटेश्वरस्थित भाटभेटनी गार्डका रुपमा कार्यरत छन् । भाटभेटनीमा सेक्युरेटी गार्डको काम गरेर छोरालाई स्नातकसम्म पढाएका उनका एकमात्रै छोरा पनि वालुवाटारस्थित भाटभेटनीमै कार्यरत छन्,सेल्स डिर्पाटमेन्टमा ।

अस्ति १५ गते राजावादीको आन्दोलनका क्रममा अपरान्ह २५ जना भन्दा धेरैको समूहमा आएका लुटेराहरुले भाटभेटनीमा ढुङ्गा मूढा पछि लुटपाट गरेका थिए । केपी ओली र प्रचण्डको लगानी भएको ठाउँ भन्दै आन्दोलनकारीहरुले ढुङ्गामूढा पछि लुटपाट गरेका थिए । सोही क्रममा त्यहाँ कार्यरत १२ जना सुरक्षा गार्डमध्यका एक पराजुली एक्लैले लुटेराहरुलाई सेतो स्टिकले बजाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । पराजुलीको यो कदमलाई भाटभेटनीका मालिक मीनबहादुर गुरुङ्गदेखि ग्राहकहरू, सुपरमार्केट प्रशासन, सर्वसाधारणसम्मले उनको इमान्दारी र बहादुरीताको खुलेरै प्रंशशा गरिरहेका थिए । आज आयोजित उक कार्यक्रमका बीच उनलाई पाँच लाख नगद सहित पाँच ग्रेड बद्धि गरेको हो ।
यस्तै भाटभेटनीले सूर्य गिरी, दीपेश खड्का, सोमबहादुर भुजेललाई २५ हजार १ रुपैयाँ र एक ग्रेड बढुवा गरिएको छ । यस्तै ग्रोसरी सिनियर सुपरभाइजर सागर गुरुङलाई ५१ हजार एक सय ११ को चेक र दुई ग्रेड बढुवा गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सभापति खतिवडा भन्छन्, ‘सबै कर्मचारीको चित्त बुझ्ने गरी निजामती विद्येयक ल्याउन सकिँदैन’

यस्ता छन् पछिल्लो मन्त्रिपरिषद् बैठकका ९ निर्णयहरु

भिजिट भिसा प्रकरण : सहसचिवसँग बयान जारी ,चार डिभाइस नियन्त्रणमा लिएर चल्दैछ अनुसन्धान

‘कुलिङ पिरियड’ले उच्च प्रशासकहरु तनावमा,हटाउन माग गर्दै नेताहरुको घर दैलोमा

खुकुरी काण्डका आरोपितविरुद्ध मुद्दा दायर, प्रहरीले चासो नदेखाएको पीडितको आरोप

पोखरेलको नौलो अभियान :-‘घुसको विरोध,पाँच रुपैंया सहयोग’

समितिबाट पारित निजामती विद्येयकप्रति कर्मचारीको चित्त दुखाई,११ बुँदे माग राखेर उत्रिए धर्नामा

मन्त्री,उपसचिव र विचौलियाको गठजोड : दैनिक बदनाम हुँदै सामान्य प्रशासन

बिशेष