भ्रष्टाचार मुद्धामा उपसचिवसहित आठलाई सफाइ

भ्रष्टाचार मुद्धामा उपसचिवसहित आठ जनाले सफाइ पाएका छन् । आठ महिना अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माण गर्दा अनियमितता गरेको भन्दै सिराहाको नवराजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत आठजनाले भ्रष्टाचार मुद्दा दायर गरेकोमा उनीहरुले सफाइ पाएका छन्।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष ०७७ ७८ मा मझौरा हुँदै बरगाछीदेखि पटनासम्मको माटो र ग्राभेलबाट सडक निर्माणमा अनियमितता गरेको अभियोगमा विशेषमा मुद्धा चलाएको थियो ।

बिज्ञापन

सडक ग्राभेलका क्रममा हुँदै नभएको काम देखाई सरकारी रकम भुक्तानी गरिएको अभियोग उनीहरुलाई लगाइएको थियो। यस क्रममा १२ लाख सात हजार रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको अख्तियारले नवराजपुरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इन्जिनियर कृष्णा साह, सब–इन्जिनियर सन्तोषकुमार यादव र लेखापाल सोमप्रसाद आचार्यका अलवा उपभोक्ता समितिका अध्यक्ष जीवछकुमार यादव, कोषाध्यक्ष पुनमकुमारी देवी र सचिव रामउदगार मण्डलसमेत प्रतिवादी थिए। नवराजपुर– २ का अध्यक्ष खुसीलाल साहसमेत प्रतिवादी बनाइ दायर गरेको मुद्धामा मसद्दामा विशेषका सदस्यहरू रामबहादुर थापा र विदुर कोइरालाको इजलासले आठै जनालाई सफाइ दिएको हो ।

विशेषले अख्तियारको दाबी नपुग्ने फैसला सुनाएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वैच्छिक अवकाशको आकर्षण र निजामती सेवाको अदृश्य क्षति

“काम नगर्ने ठेकेदारको खुट्टा भाँच्दिनू” : नागढुंगा–मुग्लिङ अनुगमनमा मन्त्री लम्सालको अभिव्यक्ति विवादमा

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सरकारी गाडीमा सतर्कताको छापा, कसले चलायो पुलका सवारी ?

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री रावलले शक्तिशाली कर्मचारी छुन सकेनन्

सामान्य प्रशासनको भूमिका निर्देशन दिने कि सहजीकरण गर्ने ?

सातै प्रदेश सरकारले ल्याउँदैछन् बजेट

५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने

विवादित वन अधिकृत ठाकुर: अदालतको आदेश अवज्ञादेखि गरिब महिलाको टेम्पो भीरबाट खसाल्ने घटनासम्म

बिशेष