भ्रष्टाचार मुद्धामा उपसचिवसहित आठलाई सफाइ

भ्रष्टाचार मुद्धामा उपसचिवसहित आठ जनाले सफाइ पाएका छन् । आठ महिना अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माण गर्दा अनियमितता गरेको भन्दै सिराहाको नवराजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत आठजनाले भ्रष्टाचार मुद्दा दायर गरेकोमा उनीहरुले सफाइ पाएका छन्।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष ०७७ ७८ मा मझौरा हुँदै बरगाछीदेखि पटनासम्मको माटो र ग्राभेलबाट सडक निर्माणमा अनियमितता गरेको अभियोगमा विशेषमा मुद्धा चलाएको थियो ।

बिज्ञापन

सडक ग्राभेलका क्रममा हुँदै नभएको काम देखाई सरकारी रकम भुक्तानी गरिएको अभियोग उनीहरुलाई लगाइएको थियो। यस क्रममा १२ लाख सात हजार रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको अख्तियारले नवराजपुरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इन्जिनियर कृष्णा साह, सब–इन्जिनियर सन्तोषकुमार यादव र लेखापाल सोमप्रसाद आचार्यका अलवा उपभोक्ता समितिका अध्यक्ष जीवछकुमार यादव, कोषाध्यक्ष पुनमकुमारी देवी र सचिव रामउदगार मण्डलसमेत प्रतिवादी थिए। नवराजपुर– २ का अध्यक्ष खुसीलाल साहसमेत प्रतिवादी बनाइ दायर गरेको मुद्धामा मसद्दामा विशेषका सदस्यहरू रामबहादुर थापा र विदुर कोइरालाको इजलासले आठै जनालाई सफाइ दिएको हो ।

विशेषले अख्तियारको दाबी नपुग्ने फैसला सुनाएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कुलिङ पिरियडको चलखेलमा मुछिएका सभापतिको प्रतिक्रिया : “छानबिन समिति बनेपछि जिम्मेवारी छाड्छु”

११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

राजस्व अनुसन्धान विभागको महानिर्देशकको कुर्सी खाली, शक्तिशाली सहसचिवबीच चर्को प्रतिस्पर्धा

काठमाडौंका ७५ प्रतिशत निजी विद्यालय मापदण्डविपरीत, शुल्क अशुलीमा चरम लापरवाही

संङ्घीय निजामती सेवा ऐन:ओझेलमा वास्तविक समस्या

मेरो बसन्त हराएको छ

विवादका कारण रोकियो निजामती विद्येयक

पतञ्जलीको मुख्य पात्रको अर्काे पनि अपराध

बिशेष