भन्सारका एक अधिकृत र तीन नासु निलम्बित

भन्सारका चार कर्मचारीहरु निलम्बनमा परेका छन् । राजश्व छली हुने गरी जाँचपासमा सक्रिय एक अधिकृत र तीन नासु निलम्बनमा परेका हुन ।जनकपुर भन्सार कार्यालयमा कार्यरत अधिकृत रमेश नेपाली, नासु चमन देवकोटा, चेत नारायण श्रेष्ठ र नविन कुमार पाण्डे रहेका छन् ।

बिज्ञापन

प्रज्ञापन पत्रमा घोषणा भएका भन्दा फरक बस्तु ल्याइएको खुलेपछि चार कर्मचारीसहित ३० जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्धा चलाएसँगै ती कर्मचारीहरु स्वत निलम्बनमा परेका हुन । राजस्व छलि हुनेगरी माल सामान जाँचपास गरेको भन्दै राजस्व अनुसन्धान पथलैयाले उच्च अदालत जनकपुरको अस्थायी इजलास, वीरगञ्जमा मुद्दा दायर गरेपछि ती चार कर्मचारी निलम्बित भएका हुन् ।

बिज्ञापन

जनकपुर भन्सार कार्यालयबाट २०८१ असोज ६ गते जाँचपास भएका दुई वटा मालवाहक ट्रकहरुमा भएका कुर्ता सुरुवाल लगायतका मालवस्तुहरुको राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराले भौतिक निरीक्षण गर्दा प्रज्ञापन पत्रमा घोषणा भएका भन्दा फरक मालवस्तुहरु फेला परेको थियो । भारतीय सैनिकबाट सेवा निवृत्त भई नेपाल फर्किएका ३४ जनाले आफ्ना झिटी गुण्टाको नाममा राजस्व छलि गर्ने उदेश्यले विभिन्न सामानहरु ल्याएको अनुसन्धानको क्रममा खुलेको छ ।

सोको विस्तृत अनुसन्धाबाट भारत निवासी महम्मद आलम, शेरबहादुर सिंह, नुवाकोटका अमृत कुमार श्रेष्ठ, लमजुङका महेन्द्र गुरुङ, गुल्मीका रुद्र प्रसाद श्रेष्ठ, र हरि कृष्ण आले समेत २५ जना भूतपूर्व भारतीय गोर्खा सैनिकहरु गरी जम्मा ३४ जना प्रतिवादीहरु विरुद्ध राजस्व चुहावटको अभियोगमा मुद्दा दायर भएको छ ।
उनीहरु उपर राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (१) बमोजिम ५ करोड ३६ लाख बिगो कायाम गरेको छ । यस्तै ऐनको दफा २३ (१) बमोजिम जफत गरी विगोको शतप्रतिशतले हुने जरिवाना रकम ५ करोड ३६ लाख गरी जम्मा रकम १० करोड बिगो माग दाबी गरेको छ ।

बिज्ञापन

यही प्रकरणमा सहयोगीको भूमिका खेलेका चार कर्मचारी निलम्बन भएका हुन । राजस्व अनुसन्धान कार्यालय पथलैयाले अर्थ मन्त्रालयलाई पत्राचार गरेपछि अधिकृत रमेश नेपाली, नासु चमन देवकोटा, चेत नारायण श्रेष्ठ र नविन कुमार पाण्डे रहेका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन शाखा अधिकृतमा नियुक्तिका लागि सिफारिस भएका १७८ जना उमेद्धार

मानव चेतना र भौतिक जीवनको सन्तुलन

नागरिक उड्डयन प्राधिकरणः नेतृत्व चयनले ‘स्वार्थको द्वन्द्वको खतरा’

शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

थारु समुदायमा सिकलसेल खतरा बढ्दै: राप्ती प्रतिष्ठानले पहिलोपटक ५ हजार जनामा परीक्षण शुरू

बिशेष