भन्सारका एक अधिकृत र तीन नासु निलम्बित

भन्सारका चार कर्मचारीहरु निलम्बनमा परेका छन् । राजश्व छली हुने गरी जाँचपासमा सक्रिय एक अधिकृत र तीन नासु निलम्बनमा परेका हुन ।जनकपुर भन्सार कार्यालयमा कार्यरत अधिकृत रमेश नेपाली, नासु चमन देवकोटा, चेत नारायण श्रेष्ठ र नविन कुमार पाण्डे रहेका छन् ।

बिज्ञापन

प्रज्ञापन पत्रमा घोषणा भएका भन्दा फरक बस्तु ल्याइएको खुलेपछि चार कर्मचारीसहित ३० जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्धा चलाएसँगै ती कर्मचारीहरु स्वत निलम्बनमा परेका हुन । राजस्व छलि हुनेगरी माल सामान जाँचपास गरेको भन्दै राजस्व अनुसन्धान पथलैयाले उच्च अदालत जनकपुरको अस्थायी इजलास, वीरगञ्जमा मुद्दा दायर गरेपछि ती चार कर्मचारी निलम्बित भएका हुन् ।

बिज्ञापन

जनकपुर भन्सार कार्यालयबाट २०८१ असोज ६ गते जाँचपास भएका दुई वटा मालवाहक ट्रकहरुमा भएका कुर्ता सुरुवाल लगायतका मालवस्तुहरुको राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराले भौतिक निरीक्षण गर्दा प्रज्ञापन पत्रमा घोषणा भएका भन्दा फरक मालवस्तुहरु फेला परेको थियो । भारतीय सैनिकबाट सेवा निवृत्त भई नेपाल फर्किएका ३४ जनाले आफ्ना झिटी गुण्टाको नाममा राजस्व छलि गर्ने उदेश्यले विभिन्न सामानहरु ल्याएको अनुसन्धानको क्रममा खुलेको छ ।

सोको विस्तृत अनुसन्धाबाट भारत निवासी महम्मद आलम, शेरबहादुर सिंह, नुवाकोटका अमृत कुमार श्रेष्ठ, लमजुङका महेन्द्र गुरुङ, गुल्मीका रुद्र प्रसाद श्रेष्ठ, र हरि कृष्ण आले समेत २५ जना भूतपूर्व भारतीय गोर्खा सैनिकहरु गरी जम्मा ३४ जना प्रतिवादीहरु विरुद्ध राजस्व चुहावटको अभियोगमा मुद्दा दायर भएको छ ।
उनीहरु उपर राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (१) बमोजिम ५ करोड ३६ लाख बिगो कायाम गरेको छ । यस्तै ऐनको दफा २३ (१) बमोजिम जफत गरी विगोको शतप्रतिशतले हुने जरिवाना रकम ५ करोड ३६ लाख गरी जम्मा रकम १० करोड बिगो माग दाबी गरेको छ ।

बिज्ञापन

यही प्रकरणमा सहयोगीको भूमिका खेलेका चार कर्मचारी निलम्बन भएका हुन । राजस्व अनुसन्धान कार्यालय पथलैयाले अर्थ मन्त्रालयलाई पत्राचार गरेपछि अधिकृत रमेश नेपाली, नासु चमन देवकोटा, चेत नारायण श्रेष्ठ र नविन कुमार पाण्डे रहेका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

A Literary Bridge Across the Himalayas: The Undying Diamond Heart

२ पालिकाको उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त

छोराको क्युआरमा घुस हाल्न लगाउने राइविरुद्ध भ्रष्टाचार मुद्दा दायर

निजामती नियमावली विपरित सरुवा मापदण्ड : चितवन र बर्दिया दुर्गम,लाङटाङ सुगम

८७ सीडीईहरुको ‘अपारदर्शी ‘सरुवा,सचिव- महानिर्देशकको भूमिकामाथि उठ्यो प्रश्न

भोटेकोशी बाढीको महासंकटमा सडक विभागको नेतृत्व : विपत्तिसँग जुध्दै यातायात सञ्चालनदेखि पुनर्निर्माणको खाका तयार पार्दै महानिर्देशक

प्रधानमन्त्रीको अध्यक्षतामा आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

प्रशासनमा सचिव बढुवा धमाधम, प्राविधिकतर्फ पद रिक्त हुँदा पनि बढुवा ठप्प

बिशेष