वेवारिसेको अभिभावकलाई ललितपुर महानगरपालिकाको सम्मान

वेवारिसेहरुको अभिभावक विनजजंग बस्नेतलाई ललितपुर महानगरपालिकाले सम्मान गरेको छ । ललितपुर महानगरपालिका १ सय ६ओैं स्थापना दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट बस्नेतलाई पुरस्कृत गरिएको हो ।

बिज्ञापन

विगत एक दशकभन्दा बढी समयदेखि सडक,अस्पतालमा भेटिएका वेवारिसे शवको सद्गद् तथा व्यवस्थापन गर्दै आएका बस्नेतलाई नगद रु एक लाख सहितको महानगर गौरव पुरस्कारद्धारा पुरस्कृत गरिएको हो ।

बिज्ञापन

बस्नेतको संस्था एक्सन फर सोसल चेञ्जले पछिल्ला एक दशक अवधिमा देशैभरबाट ५ हजार ६ सय भन्दा बढी वेवारिसे शवको सद्गद् तथा व्यवस्थापन गरिसकेको छ ।

कलिलै उमेरमा आमा गुमाउनु, बुबा गाडी दुर्घटनामा परेर बित्नु र जीवनसंगिनीले पनि त्यही बेलामा छाडेर गएपछि सुरु भएको थियो बस्नेतको जीवनको कठिन परीक्षाको घडी । भन्छन नि जीवनमा सबैथोक खानु तर हरेश नखानु । हो, हरेश खाएनन् उनले । दुव्र्यसनबाट तग्रिएका उनको मोडिएको थियो एक दशक अगाडि बाटो ।

बिज्ञापन

त्यस पछि होमिए वेवारिसेहरुको जीवन र मुहारमा खुसी भर्न । आफू रित्तिएर पनि ऋणमा डुबेर भए पनि उनी निरन्तर क्रियाशिल रहे वेवारिसेहरुको उपचारदेखि शवको व्यवस्थापनसम्ममा । एउटा शवको सदगद् गर्न झण्डै १० हजार बढी खर्च लाग्ने गरेको छ । आम्दानीको स्रोत कोही छैन । बेवारिस लास जलाउने पैसा नहुँदा सहकारीको चर्को ब्याजको ऋृण, आफैँले चढिरहेको बाइक कैयौंपटक धरौटीमा राखेका छन् । घर नै बैंकमा धितो राखेर ऋण लिएर बेवारिस लासको निस्वार्थ सद्गद गर्ने काम गर्दै आइरहेका बस्नेतको कर्मको एक दशक पछि राज्यले कदर गरेको हो ।
यस अघि काठमाडौँ महानगरपालिकाले ३ लाख सहयोग दिएको थियो । संस्थाको नाममा आफ्नो बैंक खाता नहुँदा उक्त रकम ढुस हुन पुगेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नयाँ संगठन तथा पद दर्ता प्रक्रिया सुरु: राष्ट्रिय कितावखानाले द्रुत प्रक्रियाबाट गर्‍यो २८३ पद दर्ता

खरिदार अधिकारी : असार महिनाको उत्कृष्ट कर्मचारी

‘करिअर डिप्लोम्याट’हरुको समयावधि अनिश्चितकालका लागि थप

जिल्ला प्रशासन कार्यालयका कर्मचारी मृत भेटिए

स्टोरमा जरा गाडेका कर्मचारी : विवरण मागियो, तर सरुवा हुन सकेन, आखिर कसको संरक्षण ?

प्रहरीको फरार,सरकार प्रमुखको प्यार

तीन सातामा अनलाइनबाटै १७ सय आवेदन,१७७ को सरुवा

१६ महिनापछि प्रदेशबाट संघमा फर्कदै यादव,भट्टराई प्रदेशबाट फेरि प्रदेशमै

बिशेष