मधुमेह, उच्च रक्तचाप तथा मृगौलासम्बन्धी रोग नियन्त्रणका लागि हरेक वर्ष एक महिने परीक्षण अभियान थाल्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुको बढ्दो फैलावट रोक्न एक महिने परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् ।

बिज्ञापन
मधुमेह, उच्च रक्तचाप तथा मृगौलासम्बन्धी रोगबाट पीडित बिरामी बढिरहेको भन्दै समयमै पहिचान र उपचारमार्फत बिरामी घटाउने उद्देश्यका साथ हरेक वर्ष एक महिनाभर पहिचान र उपचार अभियान सञ्चालन गर्ने निर्देशिका स्वीकृत गरेका हुन् ।
मन्त्री पौडेलले रोगको उपचार र निदानसँगै लाग्नै नदिन रोकथामका उपायहरु जनस्तरमा पुर्याउने गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकतामा घोषणा गरेका थिए ।
सोही अनुरुप हरेक वर्ष एक महिना रोकथामका लागि खर्चने गरी ‘समुदायमा नसर्ने रोगहरु (मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग, शरिरको उचाइ र तौलको अनुपात) पहिचानका लागि एक महिनो अभियान सञ्चालन निर्देशिका २०८१’ स्वीकृत गरेका हुन् ।
अहिले देशैभर मृगौलासम्बन्धी रोगबाट पीडित भएर डायलसिस हुने बिरामीको संख्या बढिरहेको छ । संख्या बढेका कारण भएका डायलसिस गराउने संरचनामा दबाब परिरहेको छ ।
यसैगरी खानपान तथा जीवनशैलीका कारण उच्च रक्तचाप तथा मधुमेहका बिरामीसमेत बढिरहँदा स्वास्थ्य उपचार प्रणाली र बिरामी दुवैले मार खेप्नु परिरहेको छ ।
‘बिरामी भए पछि हुने उपचारका लागि हामीले ठूलो श्रोत साधन खर्चनु परिरहेको छ,’ मन्त्री पौडेलले भने, ‘हामी अब उपचारसँगै समयमै रोग लाग्नबाट जोगिन रोकथामका अभियानमा पनि सँग सँगै लाग्नेछौं ।’
उनले शुरुवाती अवस्थामा थाहा भए नागरिक र राज्यले ठूलो क्षतिबाट जोगिने अवस्था आउने भन्दै सीमित श्रोत साधनसँग जुध्दै गरेको स्वास्थ्य प्रणाली र नागरिकको पीडा कम गर्न यसले भुमिका खेल्ने विश्वास व्यक्त गरे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकडाले पछिल्लो समय नसर्ने प्रकृतिका मृगौला फेल हुने, उच्च रक्तचाप, मधुमेहलगायतका रोग प्रमुख स्वास्थ्य समस्याका रुपमा देखिरहेको देखाएको छ ।
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नेपाल एसबीआई बैंकभित्र समस्या नै समस्या

कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित

हुलाकी सडकको एउटा सानो पुल, जसले जोड्यो दुई किनारा मात्र होइन, स्थानीयको वर्षौंदेखिको प्रतीक्षा

नयाँ संगठन तथा पद दर्ता प्रक्रिया सुरु: राष्ट्रिय कितावखानाले द्रुत प्रक्रियाबाट गर्‍यो २८३ पद दर्ता

खरिदार अधिकारी : असार महिनाको उत्कृष्ट कर्मचारी

‘करिअर डिप्लोम्याट’हरुको समयावधि अनिश्चितकालका लागि थप

जिल्ला प्रशासन कार्यालयका कर्मचारी मृत भेटिए

स्टोरमा जरा गाडेका कर्मचारी : विवरण मागियो, तर सरुवा हुन सकेन, आखिर कसको संरक्षण ?

बिशेष