खरिदार अधिकारी : असार महिनाको उत्कृष्ट कर्मचारी

जिल्ला प्रशासन कार्यालय लमजुङले असार महिनाको उत्कृष्ट कर्मचारीका रुपमा सचिवालयमा कार्यरत खरिदार दिननाथ अधिकारीलाई सम्मान गरेको छ ।

बिज्ञापन

कार्यालयले कार्यसम्पादन, अनुशासन, समयपालना, जिम्मेवारीबोध तथा सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गरेको मूल्याङ्कनका आधारमा अधिकारीलाई उत्कृष्ट कर्मचारी घोषणा गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले बिहिबार प्रशंसा–पत्र प्रदान गर्नुभएको हो ।

बिज्ञापन

पर्वतको फलेवास नगरपालिका–३ स्थायी घर भएका अधिकारी २०८० साउनदेखि जिल्ला प्रशासन कार्यालय लमजुङमा कार्यरत छन् । फ्रन्ट डेस्कमार्फत सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउनुका साथै बजार अनुगमनलाई प्रभावकारी बनाउने, व्यवसायीलाई सचेतनामूलक जानकारी दिने, बैठक व्यवस्थापन गर्ने तथा मन्त्रालयसँग भएका कार्यसम्झौताका विवरण सम्बन्धित प्रणालीमा प्रविष्ट गर्ने जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकाले अधिकारी उत्कृष्ट कर्मचारीका रुपमा छनोट हुनुभएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार उत्कृष्ट कर्मचारी छनोट गर्दा समयपालना, नियमितता, पारदर्शिता, मितव्ययिता, गोपनीयता, व्यावसायिक आचरण, अनुशासन, जवाफदेहिता र जिम्मेवारी बोधलगायतका सूचकलाई आधार बनाइन्छ । जिल्ला प्रशासन कार्यालयले यस्तो सम्मानले कर्मचारीमा सकारात्मक प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

७२ कम्युटर अपरेटरहरुको सरुवा : १८ लाई गृह,२२ भूमि व्यवस्था तथा अभिलेख विभाग

अन्तर्वार्ताको सूचीबाट हटाइए उपसचिवका तीन उमेद्धार

कुमारी बैंकका अध्यक्ष र माननीय विदूषीविरुद्ध अंश मुद्धा दायर

२५ उपसचिवको सरुवा : १३ लाई प्रमुख प्रशासकीय अधिकृत,पाँच भित्रिए सिंहदरबार

२५ उपसचिवको सरुवा, अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

सचिव बढुवाका लागि सहसचिव कुँवरको एकल नाम सिफारिस

जासुसको सर्टिफिकेट नै नक्कली,अख्तियारले हाल्यो मुद्धा

प्रशासनिक संयन्त्रप्रति मन्त्रीको आक्रोश : ‘कर्मचारीले मलाई टेरेनन्, केही गर्न सकिन’

बिशेष