‘करिअर डिप्लोम्याट’हरुको समयावधि अनिश्चितकालका लागि थप

सरकारले विभिन्न ६ वटा मुलुकका राजदूतको म्याद थप गरेको छ । कार्यकाल सकेर नेपाल फर्कन लागेका ६ राजदूतको समयावधि सरकारले अनिश्चितकालका लागि थप गरेको हो । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी भदौमा म्याद सकिन लागेका परराष्ट्र सेवाका छ जना राजदूतको कार्यकाल अनिश्चित समयसम्मका लागि म्ब्याउने निर्णय गरेको हो ।

बिज्ञापन

आगामी भदौमा म्याद सकिन लागेका परराष्ट्र सेवा समूहबाट नियुक्त ६ जना राजदूतको म्याद भने सरकारले थप गरेसँगै परराष्ट्रका कर्मचारीहरु असन्तृष्ट बनेका छन् । सरकारले राजनीतिक नियुक्ति र परराष्ट्र सेवाबाट गरी आधा आधा अर्थात ५०/ ५० प्रतिशत राजदूत खटाउँदै आएको छ । जसमध्ये परराष्ट्र सेवाका राजदूत अर्थात करिअर डिप्लोम्याटहरु पदावधि थपिएको हो । यसरी पदावधि थपिएका राजदूतहरूमा बंगलादेशका घनश्याम भण्डारी, ब्रजिलका निर्मलराज काफ्ले, अस्ट्रियाका भरतराज रेग्मी, म्यानमारका हरिश्चन्द्र घिमिरे, बहाराइनका तीर्थराज वाग्ले र इजिप्टका सुशील लम्साल छन् ।

बिज्ञापन

स्रोतका अनुसार चारवर्षे कार्यकाल सकेर फर्कने तयारीमा रहेका राजदूतहरूको पदावधि समय उल्लेख अनिश्चित समयका लागि कार्यकाल बढाउने निर्णय भएको छ ।राजदूतको म्याद थपेकोमा परराष्ट्र मन्त्रालयको कर्मचारीहरू पनि असन्तुष्ट देखिएका छन् । परराष्ट्र सेवा समूहबाट नियुक्त भई पदावधि सकिन लागेका ६ राजदूतको ठाउँमा मन्त्रालयले सोही समूहका कर्मचारीलाई राजदूत नियुक्त गर्ने तयारी स्वरुप सिफारिस गरेको थियो ।

कार्यकाल पूरा हुन लागेका राजदूतहरु सोही मुलुकमा अनिश्चित कालका लागि होल्ड हुन पुगेसँगै परराष्ट्र मन्त्रालयबाटै राजदूतको लाइनमा रहेका कुमार खरेल,भृगु ढुंगेल, गणेश ढकाल,दिलिप पौडेल र विष्णु गौतमहरु नियुक्तिको फाइल अनिश्चित कालका लागि अड्किन पुगेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

७२ कम्युटर अपरेटरहरुको सरुवा : १८ लाई गृह,२२ भूमि व्यवस्था तथा अभिलेख विभाग

अन्तर्वार्ताको सूचीबाट हटाइए उपसचिवका तीन उमेद्धार

कुमारी बैंकका अध्यक्ष र माननीय विदूषीविरुद्ध अंश मुद्धा दायर

२५ उपसचिवको सरुवा : १३ लाई प्रमुख प्रशासकीय अधिकृत,पाँच भित्रिए सिंहदरबार

२५ उपसचिवको सरुवा, अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

सचिव बढुवाका लागि सहसचिव कुँवरको एकल नाम सिफारिस

जासुसको सर्टिफिकेट नै नक्कली,अख्तियारले हाल्यो मुद्धा

प्रशासनिक संयन्त्रप्रति मन्त्रीको आक्रोश : ‘कर्मचारीले मलाई टेरेनन्, केही गर्न सकिन’

बिशेष