जिल्ला प्रशासन कार्यालयका कर्मचारी मृत भेटिए

जिल्ला प्रशासन कार्यालय रसुवामा कार्यालय सहयोगीका रूपमा कार्यरत एक करार कर्मचारी मृत अवस्थामा फेला परेका छन्। उत्तरगया गाउँपालिका–४ कर्मीडाँडा चौरखर्कमा घर भएका ४३ वर्षीय पोषप्रसाद न्यौपाने मृत अबस्थामा फेला परेका हुन ।

बिज्ञापन

प्रहरीका अनुसार न्यौपाने गएराति करिब १०ः३० बजे घलेगढीबाट लहरेपौवा स्वास्थ्य चौकी जाने भित्री कच्ची सडकखण्डबाट झन्डै दुई मिटर तल रहेको बारीमा मृत अबस्थामा भेटिएका थिए। घर फर्कने क्रममा सडकबाट लडेर दुर्घटनामा परेको हुनसक्ने आशंका गरिए पनि मृत्युको वास्तविक कारण भने अझै खुल्न सकेको छैन।

बिज्ञापन

न्यौपानेका कान्छा छोरा राकेश न्यौपानेले बारीमा शव देखेपछि इलाका प्रहरी कार्यालय कालिकास्थान, रसुवामा खबर गरेका थिए। सूचना पाउनासाथ प्रहरी निरीक्षक रमेश रायको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल र शव सुरक्षित राखी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय कालिकास्थानबाट नजिकै पर्छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संसद्को बजेट अधिवेशन अन्त्यको तयारी,के हुन्छ संघीय निजामती सेवा विधेयक ?

सिँचाईको सीडीईहरुको सरुवाको गृहकार्य

थप दुई सहसचिवले दिए राजीनामा

सहायक चौथौंदेखि नवौं तहसम्मका ८० कर्मचारीको अन्तर स्थानीय तह सरुवा

मन्त्री नै कानुन आयोगको अध्यक्ष हुने गरी ऐन संशोधन,आज पेश हुँदैछ विधेयक

सशस्त्रमा खुल्यो ६६६ जनाका लागि भर्ना

सिंहदरबारभित्रैका उच्च सरकारी अधिकृत हनिट्यापमा,महिला कारागारमा

प्रदेशका कर्मचारीको तलबमान अब संघ सरह,करारका प्रोत्साहन भत्ताका लागि कार्यदल

बिशेष