१६ महिनापछि प्रदेशबाट संघमा फर्कदै यादव,भट्टराई प्रदेशबाट फेरि प्रदेशमै

प्रदेशमा कामु प्रमुख सचिव बनिसकेका सचिवलाई सामान्यतया संघमा ल्याउने प्रचलन छ । तर गत फागुनदेखि बढुवा अवरुद्ध हुँदा मारमा परेका बरिष्ठ सहसचिव कमल प्रसाद भट्टराईलाई सरकारले प्रदेशबाट प्रदेशतिरै पुर्याएको छ ।
गत ११ पुस ०८२ मा मधेश प्रदेशको कामु सचिवको जिम्मेवारी सहित भट्टराई करिब ६ महिना त्यहाँ कायम मुकायम चलाए । ६ महिना भन्दा पनि कामु चलाउन नमिल्ने भएका कारण सरकारले त्यहाँ शोभाकान्त पौडेललाई प्रमुख सचिवको जिम्मेवारी दिएर खटाएको भए पनि पौडेल यो समाचार तयार पार्दासम्म त्यहाँ पुगेका छैनन् । गत साउन १ गते शुक्रबार नै मधेश प्रदेशको प्रमुख सचिवमा रमाना भएका थिए। तर, उनी मधेश प्रदेशमा हाजिर भएका छैनन् ।

बिज्ञापन

सो प्रदेशको कामु सचिव रहेका भट्टराईलाई सरकारले अब कर्णाली प्रदेशको कायममुकायम सचिवको जिम्मेवारी दिएर खटाइएको छ। गत फागुनमै सचिवमा बढुाव हुनुपर्ने भट्टराई मन्त्रालय खारेजी तथा मर्ज र संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) काम टुंगिनसकेकाले सचिव बढुवा हुन सकेका छैनन् । यता कर्णाली प्रदेशका कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ । उनी १६ महिनापछि कर्णाली प्रदेशबाट संघीय मन्त्रालयमा आउन लागेका हुन । ११ चैत्र ०८१ सालमा सचिवमा बढुवा भएका यादवलाई त्यस लगतै कर्णाली प्रदेशमा खटाइएकोमा उनी १६ महिना पछि संघमा फर्कन लागेका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अनलाइन सरुवा प्रणाली : रैथाने कर्मचारी चलाउने हिम्मत गरेन,अपाङ्ग कर्मचारीलाई पठायो स्थानीय तह

इन्जिनियर,लेखा अधिकृत र सब इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यी सचिव,जस्लाई प्रदेश झर्नु परेन

उद्योगमा तामाङ, प्रधानमन्त्री कार्यालय पुगे दुवाडी

सचिवको घुस काण्ड छानबिन गर्न उपसचिवको संयोजकत्वमा समिति

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

४६ खरिदार,२० कम्युटर अपरेटर र ४ नायब सुब्बाको सरुवा

प्रधानमन्त्री कार्यालयमा सरुवा भइन अतिरिक्त सचिव मिश्रा

बिशेष