काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत उद्वव भट्टराई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थायी लेखा नम्बर बन्द गर्ने सिफारिस माग्दा महानगरका कर्मचारी उद्वव भट्टराईले २१ हजार घुस लिइरहेको अबस्थामा अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिएको हो ।
बिज्ञापन
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं ३० का लेखा अधिकृत (छैंठौ) उद्वब भट्टराईले स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दुख तथा हैरानी दिई सेवाग्राहीसँग घुस तथा रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले भट्टराईलाई सेवाग्राहीबाट एक्काइस हजार रुपैयाँ घुस तथा रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित काठमाडौं महानगरपालिका वडा नं ३० को वडा कार्यालयबाट नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

























