नेपाल सरकारका सचिव डा गोविन्द शर्माले पदबाट राजीनामा दिएका छन्। आगामी साउन २६ गते अनिवार्य अवकाशमा जान लागेका शर्माले साउन १ गते राजीनामा पेस गरेका थिए। उनको राजीनामा साउन ४ गतेदेखि स्वकीृत भएको छ ।
बिज्ञापन
७८ साल साउनमा सहसचिवबाट सचिवमा उक्लिएका शर्मा पाँच बर्षे कार्यकाल पूरा गरेर अवकाशमा जाँदैथिए तर उनले अनिवार्य अवकाशको तीन साता अगावै राजीनामा दिएका हुन । सचिव बढुवा भएसँगै कृषि र वन मन्त्रालय चलाएका उनी मन्त्रालय मर्ज भएसँगै एक मन्त्रालयमा एक सचिव राख्ने नीति अख्तियार गरेको सरकारले कृषि तथा वन मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जगेडामा राखेका थियो ।
बिज्ञापन
बुटवलका स्थायी बासिँदा शर्माले रामपुरबाट कृषिमा स्नातकोत्तर गरि अष्ट्रेलियाबाट कृषि क्षेत्रमै पिएचडी गरेका अनुभवी कर्मचारी हुन । सचिव बढुवा हुनु अघि कृषि विभागको महानिर्देशक,मधेश प्रदेश र कर्णाली प्रदेश सरकारको कृषि सचिवका रुपमा काम गरेका थिए ।
यस अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १० सचिवसम्म थुपारिएको थियो । दरबन्दीका ३ र विशेष दरबन्दीका १ गरी ४ सचिव कार्यरत रहेकोमा कृष्णहरि पुष्कर कर्ण, लोकनाथ पौड्याल, हरिप्रसाद मैनाली, गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा राधिका अर्यालसम्म प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समूहमा थन्काइएको थियो । जसमध्ये कृष्णहरि पुष्कर, खगेन्द्रप्रसाद नेपाल, किरणराज शर्मा, लोकनाथ पौड्याल अवकाशमा गइसकेका छन् । जगेडामा रहेका गोविन्दप्रसाद शर्मा राजीनामा दिएर हिडेका छन् भने डिल्लीराम शर्माको अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पुगेका छन् ।
बिज्ञापन
उसो त सरकारले निजामतीका ५७ जना सचिवमध्ये ३५ औँ नम्बरमा रहेका गोविन्दबहादुर कार्कीलाई निजामती कर्मचारीको उच्च तह मुख्यसचिवमा नियुक्ति गरेसँगै बरिष्ठ सचिवहरुमा असन्तृष्टि चुलिएको र सोही असन्तृष्टि स्वरुप राजीनामा दिएको भन्नेहरु पनि छन् । सचिवहरु किरणराज शर्मा, हरिप्रसाद मैनाली, डिल्लीराज शर्मा, राजकुमार श्रेष्ठ, गोपालप्रसाद सिग्देल थिए । त्यस्तै अन्य सचिवहरू रविलाल पन्थ, कृष्णबहादुर राउत, रामेश्वर दंगाल, मुकुन्दप्रसाद निरौला, सुरजकुमार बैद्य, डा दीपक काफ्ले, नारायणप्रसाद शर्मा दुवाडी, घनश्याम उपाध्याय,लक्ष्मीकुमारी बस्नेत, दिनेशकुमार घिमिरे, विश्वबाबु पुडासैनी, राधिका अर्याल, सरिता दवाडी, चूडामणि पौड्याल, केदारनाथ शर्मा, वैकुण्ठबहादुर अधिकारी, राजेन्द्रप्रसाद मिश्र, लोकनाथ पौड्याललाई पछिका कार्की निजामती सेवाको सर्वोच्च पद मुख्यसचिवमा उक्लिएका हुन् । सो निर्णयसँगै साउन ४ गतेदेखि सचिवको ५ वर्षे कार्यकालका कारण अनिवार्य अवकाशमा जान लागेका शर्मा साउन ३ गतेसम्म बिदा बसेर अनिवार्य अवकाशमा गएका थिए । उनी पदबहाली कार्यक्रममा समेत सहभागी थिएनन् । बरिष्ठ सचिवहरूलाई पछि पार्दै कनिष्ठलाई प्रशासनिक नेतृत्व सुम्पिएपछि प्रशासनको ‘चेन अफ कमान्ड’ नै खलबलिएको कर्मचारीहरु बताउँछन् । त्यसकै प्रतिबिम्बको हो केही सचिवहरु बिदामा बसेर अवकाशमा गएका छन् भने केहीले राजीनामा दिएर हिडेका हुन ।

























