गुठी संस्थानमा शैलेन्द्रराज कुँवरको पुनरागमन, अधुरा सुधारलाई निरन्तरता दिने अपेक्षा

काठमाडौं । सरकारले गुठी संस्थानको प्रशासकमा शैलेन्द्रराज कुँवरलाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै कुँवरको नियुक्तिबारे जानकारी दिएका छन्।

बिज्ञापन

विशेष अध्यादेशका कारण यसअघि पदमुक्त भएका कुँवर पुनः गुठी संस्थानको नेतृत्वमा फर्किएका हुन्। उनको पुनर्नियुक्तिलाई गुठी संस्थानमा सुरु भएका सुधारका प्रयासलाई निरन्तरता दिने अवसरका रूपमा हेरिएको छ।

बिज्ञापन

कुँवरको अघिल्लो कार्यकालमा गुठी सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण, पारदर्शी व्यवस्थापन र संस्थागत सुधारलाई प्राथमिकतामा राखिएको थियो। गुठी जग्गाको अभिलेखीकरण, सम्पत्ति व्यवस्थापनलाई व्यवस्थित बनाउने प्रयास तथा अनियमितता नियन्त्रणमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए। दबाब र प्रभावभन्दा संस्थागत हितलाई केन्द्रमा राखेर निर्णय गर्ने प्रशासकका रूपमा उनले छुट्टै पहिचान बनाएका थिए।

गुठी संस्थान नेपालको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्ने प्रमुख निकाय हो। मन्दिर, मठ, पाटी–पौवा, सत्तल तथा अन्य सांस्कृतिक सम्पदाको संरक्षणदेखि इन्द्रजात्रा, रातो मच्छिन्द्रनाथ जात्रा, तीजलगायतका परम्परागत धार्मिक तथा सांस्कृतिक पर्वहरूको व्यवस्थापनमा संस्थानको महत्वपूर्ण भूमिका रहँदै आएको छ।

बिज्ञापन

त्यस्तै, स्थानीय समुदायलाई धार्मिक अनुष्ठान, मन्दिरका गतिविधि तथा सामाजिक कार्यक्रम सञ्चालनमा सहयोग पुर्‍याउने, गुठी जग्गा, भाडा तथा सम्पत्ति व्यवस्थापनमार्फत सांस्कृतिक र सामुदायिक गतिविधिका लागि आर्थिक स्रोत सुनिश्चित गर्ने जिम्मेवारी पनि गुठी संस्थानकै हो। नेपालको सांस्कृतिक सम्पदा, परम्परा र सामुदायिक स्रोतसाधनलाई भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्ने दायित्व यस संस्थाले वहन गर्दै आएको छ।

यही पृष्ठभूमिमा कुँवरको अनुभव, कार्यशैली र संस्थाप्रतिको प्रतिबद्धतालाई मूल्यांकन गर्दै सरकारले पुनः जिम्मेवारी दिएको बताइएको छ। गुठी संस्थानमा सुशासन, सम्पत्ति संरक्षण, सांस्कृतिक सम्पदाको प्रभावकारी व्यवस्थापन तथा अधुरा सुधारका कार्यक्रमले अब थप गति लिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

गुठी संस्थानमा शैलेन्द्रराज कुँवरको पुनरागमन, अधुरा सुधारलाई निरन्तरता दिने अपेक्षा

अध्यादेशबाट पजनी,तिनैलाई धमाधम नियुक्ति

कर परीक्षणको नाममा ५ लाख घुस माग्ने कर अधिकृत पक्राउ, अख्तियारको ‘ट्र्याप’मा परे पाल

सिंहदरबारमा यसरी चल्दैछ समानान्तर शासन

सचिव रोकिए, सल्लाहकार न्यूयोर्क पुगे : मन्त्री सचिवालयको बढ्दो हस्तक्षेपले मन्त्रालयभित्र असन्तुष्टि

अख्तियारको छानबिन चलिरहेका व्यक्तिलाई महाप्रवन्धकमा नियुक्ति दिने सुरसार

सेन्सरको भत्ता कोपिलालाई

सरकारलाई ३१ सार्वजनिक संस्थानको ठाडो चुनौती

बिशेष