शाखा अधिकृत,लेखापाल,सहायक लेखापालसहित १० विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत,लेखापाल,सहायक लेखापाल,सव इन्जिनियर सहित १० जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

बिज्ञापन

आयोगले कालिकोटको पलाँता गाउँपालिकाको बेल्केढु‌ङ्गा लेखनवाडा वडा कार्यालय दुर्सी फागोटी सडक निर्माणको क्रममा अनियमितता भएको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर बम, तत्कालीन लेखा प्रमुख खिमलाल पुन र तत्कालीन सहायक लेखापाल मुनी प्रसाद प्याकुरेल, तत्कालीन सव इन्जिनियरद्धय विनोद कुमार बम र नन्द बहादुर सिंहका अलवा तत्कालीन उपाध्यक्ष दाना न्यौपाने,तत्कालीन वडा अध्यक्ष टक्क बहादुर बम,बेल्केढुङ्‌गा लेखनवाडा वडा कार्यालय दुर्सी फागोटी ग्रामीण सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष कुम्भ बहादुर बम, कोषाध्यक्ष सुलक्षिना बम र सचिव कमल बहादुर बमसहित १० जनालाई प्रतिवादी बनाएर मुद्धा विशेष अदालतमा दायर गरेको हो ।

बिज्ञापन

आयोगका अनुसार,बेल्केढुङ्‌गा लेखनवाडा वडा कार्यालय दुर्सी फागोटी सडक निर्माणको लागि चालीस लाख रूपैयाँ० बजेट विनियोजन भएको भए पनि राष्ट्रसेवक कर्मचारी तथा उपभोक्ता समितिका पदाधिकारी झुट्टा बिल, भरपाई बनाई भुक्तानी लिने तथा दिने कार्य गरेको पाइएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुरमा बिगो आठ लाख आठ हजार छ सय असी रूपैया सन्ताउन्न पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिवाना सजाय मागदाबी लिइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

शाखा अधिकृत,लेखापाल,सहायक लेखापालसहित १० विरुद्ध भ्रष्टाचार मुद्धा

यस्ता छन् मन्त्रिपरिषद् बैठकका आठ निर्णयहरु

थुनिएका विदेशीलाई मुर्गा बनाएपछि हिरासतमा पुगे हास्य कलाकार

विवादमा मुख्यसचिवको पहिलो निर्णय : स्थायी नियुक्ति रोक्ने तयारीले भड्किएका युवा सडकमा

अदालतबाट ‘अयोग्य’ ठहर भएका सिइओको पक्षमा रास्वपाको माननीय

मन्त्रिपरिषद् बैठक बस्दै

प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ मन्त्रीले दिए सामुहिक राजीनामा

एक्सट्रिम इनर्जीमाथि वाणिज्य विभागको एक्सन : खाद्य प्रविधिमा हुँदैछ परीक्षण

बिशेष