दरबन्दी कटौती भएर फाजिलमा पर्ने हजारौं कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाइने

चालु आर्थिक वर्ष कर्मचारीको स्थायी पदपूर्ति नहुने भएको छ । गोविन्द बहादुर कार्की मुख्यसचिवमा नियुक्त भएसँगै पहिलो पटक बसेको सचिव बैठकले विभिन्न दरबन्दी घटेकाले फाजिलमा पर्ने कर्मचारी व्यवस्थापन नै चुनौतीपूर्ण भएको भन्दै पदपूर्तिका लागि नयाँ माग नगर्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृति बिना सरकारका कुनै पनि कार्यालयले स्थायी पदपूर्ति नगर्ने र स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने निर्णय गरेका छन्। विगतमा सम्बन्धित मन्त्रालय वा कार्यालयलाई पदपूर्ति आवश्यक परे ती निकायले नै लोकसेवामा माग गर्ने अभ्यास रहेकोमा सचिवस्तरीय बैठकले यस्तो अधिकार समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अधीनमा रहने निर्णय गरेको छ ।

बिज्ञापन

हिजो भएको विभिन्न २२ वटा निर्णयमध्ये बुँदा ११ मा भनिएको छ,नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम)अनुरूप नेपाल सरकारका विभिन्न दरबन्दीहरू घट्दा फाजिलमा पर्ने कर्मचारी व्यवस्थापन गर्नुपर्ने भएकाले चालू आर्थिक वर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिविना नेपाल सरकारका कुनै पनि कार्यालयले स्थायी पदपूर्ति नगर्ने र स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने तथा नगराउने’ । लोकसेवा आयोगका अनुसार,यस आर्थिक बर्षमा झण्डै २ हजार पद रिक्त हुने छन्। जसमध्ये कटौतीमा पर्ने कटौती वा फाजिलमा पर्न सक्ने अनुमान छ। निजामती किताबखानाका अनुसार आगामी आर्थिक वर्षमा रिक्त हुने पदमध्ये २० सचिव, ८७ सहसचिव, २०६ उपसचिव, ३२० शाखा अधिकृत, ७७३ सहायक र ५७९ श्रेणीविहीन पद यो बर्ष रिक्त हुनेछन् । यसका अलवा राजीनामा दिएर रिक्त हुने पदहरु समेत केही थपिनेछन् । पूर्वाधार मन्त्रालय बाहेकका अन्य मन्त्रालयको ओएन्डएम टुंगिएको छ ।

बिज्ञापन

झण्डै दुई हजारभन्दा बढी दरबन्दी कटौती गरेको छ । यसरी दरबन्दी कटौतीमा परेका कर्मचारीहरु फाजिलमा पर्नेछन् । कर्मचारीलाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय कार्यालय, प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय गरी ती निकायको रिक्त स्थानमा कामकाजमा खटाउने व्यवस्था मिलाई कर्मचारीलाई कामविहीन हुने अवस्था आउन नदिने निर्णयमा निर्णयमा भनिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

स्थानीय तहको भ्रष्टाचार र ढिलासुस्तीको उजुरी अब मुख्यसचिवले हेर्ने

दरबन्दी कटौती भएर फाजिलमा पर्ने हजारौं कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाइने

मुख्य सचिवको अध्यक्षतामा बसेको पहिलो बैठकका निर्णय विवादमा

एक्सट्रिम इनर्जी: मधुमेह र मुटुरोगको जोखिम बढ्ने चिकित्सकको चेतावनी, बजारमा खुलेआम बेचिँदै ‘विष’

पूर्व–पश्चिम राजमार्गमा ‘ल्याण्डमार्क’ पुल निर्माण जारीः रतुवा पुलको भौतिक प्रगति ५० प्रतिशत सम्पन्न

सरकारको ठूलो निर्णय: चालु आर्थिक वर्षभर नयाँ कर्मचारी भर्ना रोक, लोकसेवाको विज्ञापन नखुल्ने

सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो

बिशेष