भूमि व्यवस्था सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीलाईहरुलाई जिल्ला नछाड्न परिपत्र गरेको छ । मन्त्रालयले सोमबार मन्त्रालयले जिल्ला समन्वय अधिकारी तथा सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई जारी गरेको परिपत्रमा विपद् व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन संवेदनशील समयभर कार्यालय नछाड्न भनेको हो ।
बिज्ञापन
मन्त्रालयद्धारा जारी गरेको चार बुँदे परिपत्रमा हाल बिदामा रहेका कर्मचारी तथा अधिकारीहरूलाई पनि बिदा छोट्याएर यथाशीघ्र कार्यालयमा फर्की जिम्मेवारी सम्हाल्न भनिएको छ। यस्तै नियमित रूपमा कार्यालयमा उपस्थित रही आवश्यक समन्वय, सहजीकरण तथा निर्णय प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेछ।
बिज्ञापन
त्यस्तै, विपद्सम्बन्धी सूचना आदान–प्रदान, उद्धार तथा राहत कार्य, क्षतिको विवरण सङ्कलन तथा आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश सरकार र सङ्घीय निकायसँग निरन्तर सम्पर्क तथा समन्वय कायम गर्न मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयले विशेष परिस्थितिवश कार्यालय छाड्नुपर्ने अवस्था आएमा सम्बन्धित निकायबाट पूर्वस्वीकृति लिएर मात्र जिम्मेवारीको उचित व्यवस्था गरी कार्यालय छाड्नुपर्ने व्यवस्था पनि गरेको छ।


























