सहसचिवको संयोजकत्वमा सार्वजनिक बिदा पुनरवलोकन कार्यदल गठन

सरकारले शनिवार र आइतबारको सार्वजनिक बिदा लगायतका अन्य बिदाको पुनरवलोकन गर्न भएको छ । नेपाल सरकारका सचिवहरूको बैठकले यस्तो निर्णय गरेको हो । मुख्य सचिवमा गोविन्दबहादुर कार्कीको बढुवा नियुक्ति भएपछि पहिलो पटक सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवहरूको बैठकले सार्वजनिक बिदाको पुनरावलोकन गर्ने लगायतका २२ बुँदे निर्णय गरेको छ।

बिज्ञापन

हप्तामा दुई दिन बिदा दिने व्यवस्था लागू भएपछि साविकका अन्य बिदाहरूको सङ्ख्या र औचित्यमाथि पुनरवलोकन गर्न यो निर्णय गरिएको हो। गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन हुने कार्यदललाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न समयसीमा तोकिएको छ। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि रहने निर्णय पनि गरेको छ।

बिज्ञापन

हप्तामा दुई दिन बिदा दिने व्यवस्थाले सेवा प्रवाह र सरकारी कार्यसम्पादनमा पारेको प्रभावलाई मध्यनजर गर्दै वर्षभरि दिइने अन्य बिदाहरूलाई व्यवस्थित र परिमार्जन गर्न यो कार्यदल गठन गरिएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष