प्रशासन सेवाका ४२,इन्जिनियरिङका १४ सहित यी ८७ सहसचिव जाँदैछन् घर

  चालू आर्थिक वर्ष २ दर्जन सचिवसहित ८७ जना सहसचिव ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाने भएका छन् । किताबखानाको रेकर्ड अनुसार,२२ सचिव ८७ सहसचिवसहित श्रेणीविहीन तहसम्मका कुल १ हजार ९ सय ८५ जना कर्मचारीले सरकारी कर्मचारीहरु अनिवार्य अवकाशमा जान लागेका हुन । किताबखानाका अनुसार २२ सचिवहरुमध्ये केही उमेर हद र केही सचिवहरु पाँच बर्षे सेवा अवधि पूरा गरेर घर जाँदा ८७ सहसचिव ५८ वर्षे उमेर हदका कारण जान लागेका हुन् ।
यसरी अवकाश पाउन लागेका सहसचिवहरुमा प्रशासन सेवाका ४२ इन्जिनियरिङ सेवाका १४,स्वास्थ्य सेवाका ६,नेपाल वन सेवा र कृषितर्फका ९ जना रहेका छन् । यस्तै सरकारी वकिलतर्फका ५,न्याय सेवाका २ जना रहेका छन् भने परराष्ट्र सेवाका चार,तथ्यांक,संसद र शिक्षा सेवाका ४ जना रहेका छन् ।

बिज्ञापन

सूची अनुसार,नेपाल प्रशासन सेवातर्फका काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (सहसचिव) सरोजप्रसाद गुरागाई साउन २० मा घर जाँदैछन् । यस्तै रक्षा मन्त्रालयका सहसचिव मनोजकुमार आचार्य भदौ ६, श्रीकृष्ण नेपाल भदौ १५ गते, भाषा आयोगमा कार्यरत रमेश प्रसाद मैनाली भदौ २१ मा अनिवार्य अवकाशमा जानेको सूचीमा छन् । यस्तै,बागमती प्रदेश लोक सेवा आयोगमा कार्यरत तुलसीनाथ गौतम असोज १३, सुदूरपश्चिम प्रदेशका सचिव ओमबहादुर खड्का असोज १४ गते, मधेश प्रदेशका सचिव ९सहसचिव०जयकुमार घिमिरे असोज १४ गते, लुम्बिनी प्रदेशका सचिव विनोद लामिछाने असोज १४ गते,राष्ट्रपति कार्यालय सहसचिव सन्तोषकुमार दाहाल असोज २२ मा अनिवार्य अवकाशमा जानेको सूचीमा छन् । यस्तै असोज २४ गते, वैदेशिक रोजगार बोर्डको सचिवालय चन्द्रबहादुर शिवाकोटी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लेखनाथ ज्ञवाली असोज २७ गते अनिवार्य अवकाशमा जानेछन् ।

बिज्ञापन

राष्ट्रिय योजना आयोगका सहसचिव हरिशरण पुडासैनी कार्तिक ६ गते अनिवार्य अवकाशमा जाँदा थारू आयोगका सचिव रूद्रप्रसाद लामिछाने कार्तिक १८ गते अवकाशमा जानेको सूचीमा छन् । यस्तै सहसचिव हरिप्रसाद घिमिरे मंसिर १४,पूर्वाधार विकास मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डित १८ पुसमा अवकाशमा जानेछन । यस्तै परराष्ट्रका सहसचिव गणेशप्रसाद ढकाल पुस ६ गते, लुम्बिनी प्रदेश लोक सेवा आयोगका सचिव खिमबहादुर रायामाझी पुस ८ गते घर जानेछन् । यस्तै अवकाशमा जाने प्रशासनतर्फका सहसचिवहरुमा लक्ष्मीप्रसाद निरौला माघ २ गते, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहसचिव प्रदीपकुमार कोइराला माघ ५ गते, शिवराम गेलाल माघ १२ गते, सहसचिव दिपकराज नेपाल फागुन १० गते, नेपाल ट्रष्टको कार्यालयका सहसचिव राजेन्द्रदेव पाण्डे फागुन १० मा अवकाशमा जानेछन् ।
यस्तै, केदारनाथ शर्मा फागुन १३, लोक सेवा आयोगका सहसचिव तेजप्रसाद दाहाल चैत ७ गते, पाँचथरका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल चैत ९ मा अवकाशमा जानेको सूचीमा छन् । घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रप्रसाद भुसाल वैशाख १ गते, जनार्दन गौतम वैशाख ५ गते, वेदप्रसाद खरेल वैशाख ७ गते, कृष्णप्रसाद आचार्य वैशाख ७ गते, श्रम मन्त्रालयका सहसचिव बाबुराम भण्डारी वैशाख ८ गते, राष्ट्रिय सूचना आयोगका रमेश न्यौपाने वैशाख १२ मा अनिवार्य अवकाशमा जानेछन् । यो सूचीमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी वैशाख १५ गते, कृष्णबहादुर शाही वैशाख २० गते, मदन कोइराला वैशाख २८ गते अनिवार्य अवकाशमा जानेछन् ।


यस्तै स्वास्थ्य सेवातर्फका प्रकाश खतिवडा,लुम्बिनी अस्पताल बुटवल एघारौं तहका विष्णुप्रसाद शर्मा र प्रभाकर कुमार चौधरी साउन १७,नारायणी अस्पतालका चुमनलाल दास माघ २६ गते अनिवार्य अवकाशमा जानेछन । स्वास्थ्य सेवा विभागका सहसहचिव केशवराज पण्डित फागुन ५,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एघारौं तह नरेन्द्र विक्रम गुरुङ चैत ७ गते अनिवार्य अवकाशमा जानेछन् ।

बिज्ञापन

यस्तै इन्जिनियरिङतर्फका नापी विभागका कृष्णप्रसाद सापकोटा,विज्ञान प्रविधि मन्त्रालयका शैलेशकुमार झा,मुख्यमन्त्री कार्यालय,कोशीका पुष्कर पोखरेल,पूर्वाधार मन्त्रालयका महेशचन्द्र न्यौपाने,हरिकुमार पोखरेल,मनिषकुमार अर्याल,सुमनराज रेग्मी,श्यामकिशोर यादव,चुर्णबहादुर ओली,सडक विभागका उमेशविन्दु श्रेष्ठ,प्रभातकुमार सिंह,कुशाङ शेर्पा लगायत रहेका छन् । यस्तै अख्तियारका सहन्यायाधिवक्ता हरिप्रसाद रेग्मी,राजदुत भरतकुमार रेग्मी, महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता घनश्याम ओझा,सहन्यायाधिवक्ता गोपाल लामिछाने भदौ २४, परराष्ट्र मन्त्रालय सहसचिव भृगु ढुंगाना भदौ २७ घर जानेको सूचीमा छन् ।

यस्तै वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका सहसचिव रविन्द्र महर्जन,राष्ट्रिय तथ्याङ्क कार्यालय सहसचिव शरदकुमार शर्मा कार्तिक ४ गते, विशेष सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता गंगाप्रसाद पौड्याल कार्तिक १२,सुदूरपश्चिम प्रदेशका सचिव दीर्घनारायण कोइराला कार्तिक १७ मा घर जानेछन् । सूची अनुसार, वन तथा भू संरक्षण विभाग उपमहानिर्देशक दिपक ज्ञवाली मंसिर १९ गते, वन अनुसन्धान प्रशिक्षण केन्द्र सहसचिव निरञ्जन श्रेष्ठ पुस ८ गते, कृषि विभागका सहसचिव टिकाराम शर्मा पुस २३ भर जानेको सूचीमा छन् । यस्तै महालेखापरीक्षकको कार्यालयका सहसचिव (लेखापरीक्षण) जयराम घिमिरे माघ २५ गते, वन अनुसन्धान प्रशिक्षण केन्द्रका सहसचिव राजेन्द्रकुमार बसुकला फागुन १० मा घर जानेछन् भने संघीय संसद् सचिवालयका सहसचिव कान्छा दुलाल वैशाख ३ गते, बागमती सभ्यताका सहसचिव मचाकाजी महर्जन वैशाख १२ गते, अख्तियारका सहन्यायाधिवक्ता हरिप्रसाद रेग्मी वैशाख १४ गते, महान्यायाधिवक्ता कार्यालय सहन्यायधिवक्ता हरिप्रसाद जोशी जेठ ७ गते, वन मन्त्रालयका सहसचिव रामचन्द्र कँडेल जेठ २० गते, उच्च अदालत जनकपुरका रजिष्ट्रार विश्वजंग सिजापति जेठ २१ गते र उच्च अदालत दिपायलका रजिष्ट्रार जनक सिंह बोहरा जेठ २६ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

करार कर्मचारी व्यवस्थापनको मन्त्रिपरिषद् निर्णयको स्वागत, संघर्षमा साथ दिने सबैप्रति आभार

प्रशासन सेवाका ४२,इन्जिनियरिङका १४ सहित यी ८७ सहसचिव जाँदैछन् घर

घान्द्रुकले सिकाएको मौनताको दर्शन(नियात्रा)

सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा

विदेशी विनिमय अवचलनको अनुसन्धानदेखि उपचार विवादसम्म मुछिएका डा. जितेन्द्र परियारलाई सिभिल अस्पतालको नेतृत्व दिलाउन शक्तिकेन्द्रको दौडधुप ?

सेनाको ‘व्याकअप’ तयार गर्दै सरकार, विद्यार्थीलाई सैन्य तालिम,नियुक्तिमा सेनाका पूर्व अधिकारी

प्रदेशका १२ कर्मचारी बढुवा सिफारिस

पाँच मन्त्री हटाइँदै

बिशेष