भूमिव्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संगठन संरचनामा व्यापक हेरफेर भएको छ । बिहिबारको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयहरुको ओएनएम सर्भे स्वीकृत गरेको थियो। जसमा विभिन्न मन्त्रालयका १० सचिव,३५ सहसचिव,६५उपसचिव, शाखा अधिकृत तहका ७० गरी झण्डै ६ सय कर्मचारी दरबन्दी कटौती हुने भएको छ । सोही अनुसार भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक सचिव, पाँच सहसचिवसहित कुल ८७ कर्मचारीको दरबन्दी कटौतीमा परेको छ ।
बिज्ञापन
साविवको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मर्ज भएर भूमिव्यवस्था सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनेको थियो । जहाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम नहुँदा एउटै मन्त्रालयमा दुई सचिव,समानान्तर महाशाखाहरु रहेका थिए ।
दुई मन्त्रालय गाभिएपछि चन्द्रकला पौडेललाई उपराष्ट्रपति कार्यालयमा पठाएर अहिले भूमि मन्त्रालयमा मदन भुजेललाई सचिवको रुपमा राखिएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन प्रमुखमा गोविन्दप्रसाद रिजाल र धोलकराज ढकाल प्रशासन महाशाखा प्रमुख रहेका छन्।
बिज्ञापन
रिजाल साबिकको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रशासन महाशाखा प्रमुख र ढकाल संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका थिए। मर्ज भएसँगै पाँच सहसचिवको दरबन्दी कटौती गरिएको छ। यसअघि दुवै मन्त्रालयमा गरी २२५ कर्मचारीको दरबन्दी रहेको ८७ कर्मचारी कटौती गरेर १ सय ३९मा झारिएको छ । यस्तै निजामती किताबखानाको डिडिजी पद पनि कटौतीमा परेको छ । हाल निजामती किताबखानाको उपमहानिर्देशकमा हालैमात्र सचिवमा बढुवा भएकी आरती न्यौपाने कार्यरत छिन् । त्यहाँ श्रवण कुमार पोखरेल महानिर्देशक छन् । सहसचिवले नेतृत्व गर्दै आएको किताबखानामा सहसचिव मातहत अर्काे सहसचिवलाई समेत खटाइँदै आएकोमा अब उपमहानिर्देशकको दरबन्दी कटौतीमा परेको छ । यस्तै यस अघि मन्त्रालयमा कानुनका उपसचिव खटाइँदै आएकोमा अब त्यसको कमाण्ड सहसचिवले गर्नेछन् अर्थात ओएनएनएमबाट कानुनको एक सहसचिवको दरबन्दी थपिएको छ ।




























